जोर्डन जान महिलाका लागि खुला, भिसा र टिकट निःशुल्क

काठमाडौं । वैदेशिक रोजगारीमा जोर्डन जान चाहने नेपाली महिलाका लागि खुला गरिएको छ । घरेलु कामदारका रूपमा उनीहरूका लागि जोर्डन जान बाटो खुलेको हो । जोर्डनसँगको सम्झौतासँगै कामदारको कार्यस्थल सुरक्षा, बीमा र रोजगार अधिकार बलियो बनाइएको छ । जोर्डन जाने घरेलु कामदारले मासिक ३ सय अमेरिकी डलर पाउने भएका छन् । तर, गार्मेन्टमा जानेका लागि २ सय ५० डलर तोकिएको छ । दुई देशबीचको सम्झौतामा रोजगारीमा जाने...

पोल्यान्डले ५० नेपाली कामदार माग्यो, मासिक तलब ९६ हजार

काठमाडौं । पोल्यान्डले ५० जना नेपाली कामदार मागेको छ । उसले AGENCJA PRACY WORKSOL MICHAL SOLECKI कम्पनीका लागि प्याकिङ र वेल्डरका लागि ५० नेपाली कामदार मागेको हो । काठमाडौंको शान्तिनगरमा रहेको अल अरेबिया ओभरसिज प्रालिद्वारा आह्वान गरेको विज्ञापनमा भनिएको छ, ‘७२ हजार १५४ मासिक तलब पाउनेगरी ३० जना प्याकिङ र ९६ हजार २०५ मासिक तलब पाउनेगरी २० जना वेल्डर चाहिएकाले इच्छुकले तुरुन्त कार्यालयमा सम्...

कतारमा कार्यरत नेपाली सुरक्षित

काठमाडौँ । उपप्रधानमन्त्री तथा परराष्ट्रमन्त्री कृष्णबहादुर महराले कतारका राजदूतसँग त्यहाँ कार्यरत नेपालीको सुरक्षासम्बन्धमा विशेष चासो व्यक्त गरेका छन् । कतारका राजदूत अहमद जसिम मोहम्मद अली अल हमरले शुक्रवार गरेको शिष्टाचार भेटवार्तामा परराष्ट्रमन्त्री महराले नेपालीको सुरक्षाबारेमा जानकारी लिए। आफ्ना नागरिकको सुरक्षाका सन्दर्भमा आफूले दैनिक सूचना लिइरहेको बताउँदै मन्त्री महराले नेपालीको सुरक...

साता नबित्दै कोरियामा अर्का नेपालीको मृत्यु

दक्षिण कोरिया । चिप्रिङ खोटाङका कल्याण राईको मृत्यु भएको साता दिन नबित्दै मोरङ विराटनगरका उमेशचन्द्र पौडेलको कोरियामा मृत्यु भएको छ । दक्षिण कोरियाको गजेप्रदेशमा पानीजहाज बनाउने डीएसएमई कम्पनीमा कार्यरत पौडेलको हृदयाघात भई मृत्यु भएको हो । वर्ष दिनअघि कोरिया पुगेका २७ वर्षीय पौडेललाई सास फेर्न गाह्रो भएपछि अस्पताल पुर्याइएको थियो । अस्पताल पुर्याएको एक घन्टापछि उनको मृत्यु भएको हो ।...

घर फर्कन टिकट लिइसकेका कल्याणको कोरियामा मृत्यु

खोटाङ । वैदेशिक रोजगारीका लागि कोरिया पुगेका चिप्रिङ, खोटाङका कल्याण राईको मृत्यु भएको छ । घर फर्कन हवाई टिकट लिइसकेका ३१ वर्षीय राईको कोरियाको खजुङमा रहेको अपार्टमेन्टमा सुतेको अवस्थामा मृत्यु भएको हो ।वैशाख २९ गतेका लागि टिकिट लिइसकेका उनलाई काममा जान साथीले उठाउन खोज्दा मृत फेलापरेका थिए । मृत्युको कारण खुल्न सकेको छैन । मासिक तीन लाख कमाउँदै आएका उनले काठमाडौं र उदयपुरको गाईघाटमा जग्गा...

नेपाल र मलेसियाबीच श्रम सम्झौताबारे छलफल

  काठमाडौँ । नेपाल र मलेसियाबीच श्रम सम्झौताका विषयमा बुँदागत रुपमा छलफल भए पनि ठोस सहमति जुट्न सकेन । नेपाल भ्रमणमा रहेको मलेसिया सरकारको मानव संशाधन मन्त्रालयका सहसचिव केसावन करुप्पिह नेतृत्वको टोली र नेपालका तर्फबाट श्रम तथा रोजगार मन्त्रालयका सहसचिव गोविन्दमणि भुर्तेल नेतृत्वको टोलीबीच श्रम सम्झौताका बुँदामा सोमबार र मङ्गलबार चरणबद्ध वार्ता भएको थियो । वार्ता सकारात्मक भए पनि...

हत्या अभियोगमा ११ निर्दोष नेपाली सात वर्षदेखि साउदी जेलमा

काठमाडौँ । साउदी अरबमा एक भारतीय नागरिकको हत्या अभियोगमा ११ जना निर्दोष नेपालीले अनाहकमा सात वर्ष जेल सजाय भोग्नुपरेको भन्दै पीडितले न्यायको माग गरेका छन् । सन् २०१० फेब्रुअरीमा पक्राउ गरी साउदीको जेद्दा जेलमा सात वर्षको जेल जीवन बिताएर डेढ महिनाअघि नेपाल फर्किएका उनीहरुले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग प्रधानमन्त्री निवास बालुवाटारमा आज भेट गरेर आफूहरुलाई क्षतिपूर्ति दिन आग्रह गरेका...

मलेसियामा एक नेपालीको मृत्यु

सप्तरी। वैदेशिक रोजगारीका लागि मलेसिया गएका एक व्यक्तिको सडक दुर्घटनामा मृत्यु भएको छ । मृत्यु हुनेमा सप्तरीको देउरी भरुवा–३ निवासी प्रवीन झा रहेको बताइएको छ । ट्रान्सवल्र्ड म्यानपावरमार्फत मलेसियाको टामन्डियाको इृलेन्ट्रोनिक्स् आटा कम्पनीमा कार्यरत झा काम सकेर डेरातर्फ जानेक्रममा बसले ठक्कर दिँदा उनको दुई दिन अगाडि मृत्यु भएको थियो । मृतकको शव नेपाल ल्याउन सम्बन्धित निकायलाई आग्रह गरिएको ...

वैदेशिक रोजगारीको नाममा दर्जनौँ व्यक्तिलाई ठगी गर्ने पक्राउ

काठमाडौँ । कतारलगायत खाडी मुलुकमा आकर्षक तलब सुविधा, खाने तथा बस्ने व्यवस्थासमेत छ भनी ठगी गर्ने कार्यमा संलग्न एक व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ । प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोको टोलीले धनुषा जिल्ला मिथिलेश्वर गाविस घर भई हाल ललितपुर नकबहिल बस्ने अमन भन्ने मोहम्मद अजमत अली साहलाई पक्राउ गरेको हो । उनले विभिन्न कम्पनीको नक्कली मागपत्र देखाई रोजगारीमा पठाइदिन्छु भन्दै प्रत्येक पी...