गाउँसभाका महिला सदस्य सुत्केरी भए १० हजार

बेनी । म्याग्दीको अन्नपूर्ण गाउँपालिकाले गाउँसभाका महिला सदस्य सुत्केरी भए सहयोगस्वरूप एकमुष्ट १० हजार रुपैयाँ दिने भएको छ । अन्नपूर्ण गाउँ कार्यपालिकाको केही समयअघिको बैठकले गाउँ सभाका सदस्य महिला सुत्केरी भए १० हजार दिने र गाउँपालिकाभित्रका अन्य गर्भवती, सुत्केरी महिलाका साथै गरिब तथा विपन्नको उपचारमा सहज हुनेगरी कोष स्थापना गर्ने निर्णय गरेको गाउँपालिका अध्यक्ष डमबहादुर पुनले जानकारी दिए ।...

वीर अस्पतालबाट क्यान्सरपीडित राई भन्छन्– तपाईंको सानो सहयोग पाए पुनर्जन्म पाउँथें

पाँचथर । कमजोर आर्थिक अवस्थाका कारण क्यान्सर रोगको उपचार गर्न नसकेर जीवनमृत्युको दोसाँधमा रहेका धनराज राईले सहयोगको याचना गरेका छन् । भोजपुरको हतुवागढी गाउँपालिका–३ सिन्द्राङस्थित दुकिराङका ४२ वर्षीय राईले पेटमा भएको क्यान्सर शल्यक्रिया गर्न सात लाख रुपैयाँ अभाव भएकाले उपचारका लागि आर्थिक सहयोगको याचना गरेका हुन् । गत असारमा अचानक घरमै ढलेर बेहोश भएका राईलाई उपचारका लागि काठमाडौं लगिएको थियो ...

हलेसी–तुवाचुङ नगरपालिका नगरप्रमुख राईले भने– नगरवासीले सहज रूपमा सेवा लिन सकून्

सयन्द्र राई हलेसी (खोटाङ) । हलेसी–तुवाचुङ नगरपालिका नगरप्रमुख इबन राईले सर्वसाधारणले सहज रूपमा आयुर्वेद स्वास्थ्य सेवा लिन सकून् भन्ने उद्देश्यले नगरपालिकाको आर्थिक सहयोगमा पञ्चकर्म सेवा विस्तार गरिएको बताएका छन् । हलेसी–तुवाचुङ नगरपालिका नगरप्रमुख राईले हलेसी आयुर्वेद औषधालयद्वारा विस्तार पञ्चकर्म सेवा उद्घाटन गर्दै नगरका विपन्न नागरिकलाई विशेष छुटसहित पञ्चकर्म सेवा थालिएको जानकारी गराए...

ससेज खाने महिलालाई स्तन क्यान्सर

काठमाडौं । प्रशोधित मासु खानेलाई स्तन क्यान्सरको पाँच गुणा बढी खतरा बढ्ने एक अनुसन्धानले निष्कर्ष निकालेको छ । २ लाख ६० हजार बढी महिलाको स्वास्थ्य विवरणको विश्लेषण र आनीबानीका आधारमा अनुसन्धान टोलीले दैनिक नौ ग्राम बढी प्रशोधित मासु खाने महिलामा स्तन क्यान्सरको जोखिम पाँच गुणा बढ्ने जनाइएको छ । एक सातामा दुई ससेज खानु भनेको स्तन क्यान्सरको खतरा बढाउनु मानिएको हो । इन्स्टिच्युट अफ हे...

स्वस्थ रहने ३३ उपाय

अभय श्रेष्ठ १ दैनिक कम्तीमा दुई लिटर पानी पिउने । बढीमा तीन लिटर २ हरेक छाक साग खाने ३ खानामा सलाद समावेश गर्ने ४ टुसा उम्रेका अनाज खाने ५ बिहान उठ्नेबित्तिकै ३ गिलास मनतातो पानीमा कागतीको रस राखेर पिउने ६ खानासँग पानी खानु विष खानु हो भने बिहान उठ्नेबित्तिकै मुख कुला नगरी कम्तीमा एक लिटर पानी खानु अमृत पिउनुबराबर हो । खानापछि कम्तीमा एक घण्टापछि मात्र पानी खाने ७ मौ...

एकले गरेको रक्तदानले ३० जनाको ज्यान बच्ने

काठमाडौं । ‘रक्तदान जीवनदान’ भनेझैं रगत दान गर्नु कसैलाई जीवनदान गर्नुबराबर हो । एकजनाले गर्ने रक्तदानले तीनजनासम्मको ज्यान बचाउन सकिन्छ । रगत र यसका विभिन्न भाग कृत्रिम तरिकाले बनाउन नसकिने भएकाले स्वस्थ मानिसको रगत दानबाट मात्रै बिरामीको आवश्यकता पूर्ति गर्न सकिन्छ । रक्तदान गर्ने मानिस आफूले रगत दान गर्नुअघि केही कुरामा विशेष ध्यान दिनुपर्छ । के हो रगतको काम ? सासबाट फोक्सोले लिएको अक्...

नाकलाई यसरी स्वस्थ राख्न सकिन्छ

लोकनाथ खनाल तपाईंको नाक बन्द भइरहन्छ ? वा नाकभित्र मासु पलाउँछ । समय–समयमा नाथ्री फुटिरहन्छ ? त्यसो हो भने घरेलु उपचार र प्राणायामबाट नाक स्वस्थ राख्न सकिन्छ । नाकलाई यसरी स्वस्थ राख्न सकिन्छ । –नियमित शुद्ध प्राणवायु ग्रहण गर्ने । –भस्त्रिका, अनुलोम–विलोम आदि प्राणायाम नियमित गर्ने । –जलनेती, रबर नेतीको अभ्यासले नाक तथा मस्तिष्क शुद्ध राख्छ । –नाक बन्द हुने तथा नाकभित्र मासु पल...

एसियाका १ अर्ब २० करोड मानिसलाई पानी समस्या

यस शताब्दीको अन्त्यसम्ममा पृथ्वीको तापक्रम निकै बढ्ने वैज्ञानिकहरूको तर्क छ । संयुक्त राष्ट्रसंघको जलवायु परिवर्तनसम्बन्धी अन्तरसरकारी निकाय (आईपीसीसी) ले तयार पारेको प्रतिवेदनअनुसार यस शताब्दीको अन्त्यसम्ममा पृथ्वीको जलवायुमा निकै परिवर्तन आउने उल्लेख छ । नोबेल शान्ति पुरस्कारसमेत हात पारिसकेको उक्त निकायमा विश्वका दुई हजार वैज्ञानिक तथा नीति–निर्माता संलग्न छन् । यसको सम्मेलन डेनमार्कको कोपनहे...

५ वर्षमुनिका बच्चालाई जाडोबाट यसरी जोगाउन सकिन्छ

डा. सुनीलराजा मानन्धर   काठमाडौं उपत्यकालगायत देशभरि बिस्तारै चिसो बढिरहेको छ । तराईमा शीतलहरसमेत सुरु भइसकेको छ । चिसो बढेसँगै विभिन्न स्वास्थ्य समस्या पनि देखिने गर्छन् । जाडो मौसममा विशेषगरी रुघाखोकी, श्वासप्रश्वासका बिरामी उल्लेखनीय बढेको पाइन्छ । चिसोले विशेषगरी बालबालिका र वृद्धवृद्धामा धेरै असर पार्छ । तर, आज हामी बालबालिकाको विषयमा चर्चा गर्दै छौं । जाडो मौसममा बालबालिकाल...

जाडोमा घाम ताप्दा चायाँ पोतो आउने, यसरी जोगाउन सकिन्छ छाला

डा. ललन खतिवडा मौसम परिवर्तनसँगै वातावरणीय तापक्रम पनि कम हुँदै जान्छ । हामी संसारको जुनसुकै ठाउँमा बसे पनि मौसम परिवर्तनको पहिलो असर हाम्रो छालामा देखिन्छ । छालामा पनि तापक्रम परिवर्तनको असर देखिने गर्छ । जाडोयाममा चिल्लो पदार्थ उत्पादन गर्ने ग्रन्थीले कम मात्रामा चिल्लो उत्पादन गर्छ, जसले गर्दा शरीर सुख्खा हुने हुन्छ । गर्मीको तुलनामा जाडो मौसममा छाला रोग लाग्ने सम्भावना पनि बढी हुन्छ । ...