‘२० हजारको सेयर हालेर १ लाख ऋण लिन चाहनेलाई निरुत्साहित गर्छौं’

बुइपा, खोटाङका इन्द्रकुमार राई सहकारी क्षेत्रमा क्रियाशील छन् । राई काठमाडौंको भीमसेनगोलामा रहेको ‘महानगर सहकारी संस्था’ कार्यकारी निर्देशकका रूपमा कार्यरत छन् । तीन वर्ष दुबईमा काम गरेका उनी वैदेशिक रोजगारीक्रममा सिकेको ज्ञान, सीप र अनुभवबाट खारिएर नेपालमा आफैंले व्यवसाय सञ्चालन गरेका हुन् । केही वर्ष पत्रकारितासमेत गरेका राईले ‘राज्य’ मासिक, ‘किराती मिसन’ मासिक र ‘थुम्को’ साहित्यिक पत्रिकामा क...

‘पैसा कमाउने लोभमा यात्रुको जिन्दगी धरापमा पार्नुहुँदैन’

प्रितम राईले ‘ड्राइभिङ’ गर्न थालेको २३ वर्ष भएको छ । यत्तिका वर्ष एउटै काममा लागिपर्नु भनेको सम्बन्धित कामप्रतिको लगाव हो । एउटै काममा यत्तिका वर्ष काम गर्दा सम्बन्धित काममा गहिरो ज्ञान आर्जन गर्नु त छँदै छ, सम्बन्धित व्यक्तिले गरेको कामले घर–व्यवहार चलेको छ । हलेसी–तुवाचुङ नगरपालिका–५ दुर्छिम खोटाङनिवासी चालक राईले यही काम गरेर दुई छोरालाई बोर्डिङ स्कुल पढाइरहेका छन् । साउदी अरब जानुअघि तेस्रो ...

‘नेपाली सेक्स गर्न जान्दैनन्’

नेपालमा यौनका विषयमा खुलेर कुरा गरिँदैन । यौनबारे जति चर्चा गरिन्छ या त त्यसलाई असाध्यै जटिल बनाइन्छ या अति नै हलुका । फलस्वरूप यो कतिपयका लागि चर्चा गर्न अयोग्य विषय भएको छ भने धेरैका लागि अतिरञ्जित विषय । यो गम्भीर विषयमा मनोविज्ञ करुणा कुँवर भने प्रस्ट छिन् । लामो समयदेखि मनोविज्ञान त्यसमा पनि पारिवारिक तनावका विषयमा अध्ययन, अनुसन्धान गरिरहेकी कुँवर नेपालीको यौनमनोविज्ञान जटिलतातर्फ उन्मुख...

पत्रकार सिंहदरबारको गीता गाउन व्यस्त

पछिल्लो समय पढेर पत्रकारिता गर्नेको संख्या बढ्दै गएको छ । दक्षिण एसियाकै पुरानो पत्रिकामध्ये एक गोरखापत्र दैनिकमा सहसम्पादकको भूमिका निर्वाह गर्दै आएका राजेश चाम्लिङ भन्छन्, ‘अधिकांश पत्रकार सकारात्मक होस् या नकारात्मक दुवै तरिकाले सिंहदरबार वा सिंहदबारवरिपरिका विषयमै गीत गाउन अभ्यस्त छौँ ।’ पत्रकारिताको मान्यताअनुसार जुन ढंगको तटस्थता, आदर्श वा निष्पक्षताको कुरा गरिन्छ, त्यो त विश्वमै सम्भव छैन ।...

कोरियामा सिकेको सीप व्यवहारमा उतार्न नेपाल फर्कन हतार

‘प्राइभेट भिसा’ बाट नौ वर्षअघि कोरिया पुगेकी मोडल हिमानी गुरुङ केही समयपछि नेपाल फर्कंदै छिन् । नेपाल फर्केपछि स्किन पार्लर खोल्ने मोडल गुरुङले बताइन् । चार म्युजिक भिडियो, फिल्म र टेलिफिल्ममा अभियन गरिसकेकी उनले नेपालमा रहँदा व्युटिसियन र मेकअप आर्टिस्टको परिचय बनाएकी थिइन् । स्याङ्जानिवासी हिमानी गुरुङसँग तेस्रो आँखा डटकमका लागि  विशेषता राईले गरेको रोजगार संवाद । कोरिया आएको नौ वर्ष भएछ, प...

दुःख गर्नेका लागि हङकङ राम्रो

  तपाईंको आफ्नो बारेमा बताइदिनुस् न ? मेरो नाम अस्मीता खापुङ हो । मेरो घर तेह्रथुम हो । म हङकङ आएको ८ वर्ष भयो । म अहिले हङकङको सेन्ट्रल भन्ने ठाउँमा पिज्जा एक्स्प्रेसमा काम गर्छु । हङकङ्मा अवसर कस्तो छ ? अवसर राम्रै छ । जागीरका लागि खासै समस्या छैन । तलब पनि राम्रै हुन्छ । यहाँ जति काम गर्न सकियो उति बचत गर्न सकिन्छ । दु:ख गर्नेका लागि हङकङ राम्रो छ ।     ...

‘गरिबसँग विश्वेश्वर’ ले गरिबीविरुद्ध संघर्ष गर्न सिकाउने

राजनीतिलाई ‘डर्टी गेम’ भन्नेको बाहुल्य छ । बाक्सिला, खोटाङका समीर राई भने ‘डर्टी गेम’ मै ‘करिअर’ बनाउन लागिपरेका छन् । संवत् २०४९ देखि विद्यार्थी राजनीतिमा सक्रिय राई कांग्रेस जिल्ला कार्यसमिति सदस्यसमेत हुन् । दसवर्षे माओवादी सशस्त्र द्वन्द्वमा पार्टी राजनीतिभन्दा सामाजिक काममा सक्रिय उनी ०६२/६३ देखि भने सक्रिय राजनीति गर्दै आएका छन् । व्यक्तिगत रूपमा आकर्षक अवसर पाउँदा पनि राजनीतिमै लोभिएका उनी...

वैदेशिक रोजगारीले धेरैको परिवार भताभुंग

  ‘वैदेशिक रोजगारीले बिहान के खाऊँ, बेलुका के खाऊँ भन्नेका लागि वरदान साबित भएको छ । घर–गृहस्थी सुधारिएका छन्,’ वैदेशिक रोजगारीमा कुवेतमा रहे पनि भर्खरै स्वदेश फर्केका दुर्छिम–१ साल्तेम्मा खोटाङका यज्ञराज राई भन्छन्, ‘वैदेशिक रोजगारीले धेरैको परिवार भताभुंग पारेको छ । कतिपयले विदेशमा कमाएका कमाइले ऐतिहासिक तथा सामाजिक काममा लगानी गरेका छन् भने कतिले धूँवा र ग्लासमा रित्याएका छन् ।’ वैदेशिक...

बन्दुक चलाउनु कर्म, कलम चलाउनु रहर अनि धर्म

लाहुरे बन्नअघिदेखि नै उनी साहित्यका विभिन्न विधामा कलम चलाउँथे । अहिले पनि निरन्तरता दिइरहेकै छन् । भन्छन्, ‘लाहुरे हुनुपूर्व नै कविताको धङधङीले छोइएको थिएँ । यसर्थ, म कवि अनि लाहुरे भन्नु युक्तिसंगत ठान्छु ।’ बन्दुक चलाउनु मेरो कर्म हो । कलम चलाउनु पहिलो रहर अनि अब बिस्तारै धर्म पनि बन्दै गएको छ भन्ने कवि जगत नवोदितसँग तेस्रो आँखा डटकमका लागि दीपेन्द्र राईले गरेको कुराकानी : कलम बलियो हुन्छ कि...

भूपू गोर्खा मेजर भन्छन्– गोर्खा कम्युनिटी, नेपाल बनाऔँ

भूतपूर्व गोर्खाली धेरै छन् । तर, मेजर लक्ष्मीप्रसाद गुरुङजस्तो गोर्खाली भने कमै छन् । गुरुङले गोर्खाली समुदाय, राष्ट्र र जनताका लागि योगदान पुर्याउने उद्देश्यले पोखरामा ‘गोर्खा कम्युनिटी’ नामक संस्था स्थापना गरी सञ्चालन गर्दै आएका छन् । उक्त संस्थाले गोर्खा सहकारी, उपभोक्ता पसल, रेडियो र ज्वेलर्स सञ्चालन गर्दै आइरहेको छ । स्वदेशमै विभिन्न व्यापार व्यवसायमा लगानी गरी मुलुकको आर्थिक समृद्धि गराउने र...