सितिमी यु–१२ गोल्डकप माघमा

खोटाङ । ‘सितिमी यु–१२ गोल्डकप प्रतियोगितामा सहभागी बनौं, व्यावसायिक खेलाडी बन्न सानैदेखि तयारी गरौं’ भन्ने नारासाथ साकेला सिली फुटबल क्लबले ‘सितिमी यु–१२ गोल्डकप–२०७४’ गर्ने भएको छ । ‘रहरका लागि मात्रै खेल्ने होइन,’ मुन्दुम अध्येता भोगीराज चाम्लिङ भन्छन्, ‘व्यावसायिक खेलाडी उत्पादन गर्ने हो भने क्लबले सानैदेखि खेल्न सिकाउनुपर्छ ।’ ‘सितिमी यु–१२ गोल्डकप–२०७४’ किरातहरूको नयाँ वर्ष माघ १ ...

ऊँ शिवशक्तिले उचाल्यो, होलेसुङ–जनकराज राई मार्ग गोल्डकप

सयन्द्र राई दुर्छिम (खोटाङ) । हलेसी–तुवाचुङ नगरपालिका–५ दुर्छिम भन्ज्याङमा रहेको मोतीप्रसाद– कृष्णराम राई रंगशालामा सञ्चालित होलेसुङ–जनकराज राई मार्ग गोल्डकप दोस्रो संस्करणको उपाधि ऊँ शिवशक्ति युवा समूह हलेसीले उचालेको छ । हलेसी–तुवाचुङ स्पोर्टस् क्लब हलेसीसँग भएको फाइनल स्पर्धामा शून्यको विरुद्ध ३ गोलले अग्रता लिँदै ऊँ शिवशक्ति युवा समूहले उपाधि उचालेको थियोे । समूहले ४ लाख ५० हजार रुपै...

‘जहाँ ‘डन’ को कदर गरिन्छ’

हरैंचा मोरङनिवासी योगेन्द्र कोइराला ‘आकाश’ आफू बुझ्ने भएदेखि खेल क्षेत्रमा लागे । कोइरालाले २०४९ बाट कराते खेल्न थालेका हुन् । ०५५ मा पहिलो डान (ब्ल्याक बेल्ट) लिन सफल भए । आफैंले डोजो दर्ता गरेर कराते सिकाउन थाले । ०६१ मा दोस्रो र ०६५ मा तेस्रो डान लिएँ । अहिले फो डान हुँ । मलेसिया र सिंगापुर पुग्दा पनि खेलप्रतिको मोह घटेन भन्ने उनी त्यहाँ पनि निरन्तर खेल क्षेत्रमा लागिरहे । मलेसियामा रहँदा ०६...

मेसीमाथिको प्रतिबन्ध फुकुवा

स्वीट्जरल्यान्ड । अन्तर्राष्ट्रिय फुटबल महासङ्घ (फिफा) ले अर्जेन्टिनी स्ट्राइकर तथा बार्सिलोनाका प्रसिद्ध फुटबल खेलाडी लिओनल मेसीमाथि चार अन्तर्राष्ट्रिय खेल खेल्न नपाउनेगरी लगाइएको प्रतिबन्ध शुक्रवार हटाएको छ । विश्वकप छनोट चरण खेलअन्तर्गत गत साता चिलीसँग मार्चमा भएको खेलमा ‘विश्व फुटबल स्टार’ मेसीले सहायक रेफ्रीलाई धम्क्याएको भनी उनीमाथि चार अन्तर्राष्ट्रिय खेल खेल्नमा फिफाले प्रतिबन्ध लग...

दशरथ चन्द स्मृति क्रिकेट : निङ्गलाशैनी र त्रिपुरा क्लब विजयी

बैतडी । सहिद दशरथ चन्द स्मृति यू–१९ आमन्त्रण क्रिकेट प्रतियोगिताअन्तर्गत आज सम्पन्न खेलमा निङ्गलाशैनी क्रिकेट क्लब र त्रिपुरा क्रिकेट क्लब आ–आफ्नो खेलमा विजयी भएका छन् । देहिमाण्डौँस्थित निङ्गलाशैनी खेल मैदानमा लिग चरणको आफ्नो दोस्रो खेलमा निङ्गलाशैनीले खडक बोहराको ९२ रनको मद्दतले एनआरवाईसी बठ्ठालाई २४ रनले पराजित ग¥यो । टस जितेर ब्याटिङ गरेको निङ्गलाशैनीले २८ दशमलव ४ ओभरमा सबै विकेट गुमा...

‘बागलुङ गोल्डकप’ उपाधि विष्णुपादुकालाई

बागलुङ । दलित युवा सञ्जाल बागलुङले आयोजना गरेको बागलुङ गोल्डकप फुटबल प्रतियोगिता–२०७३ को उपाधि विष्णुपादुका युवा क्लब हेम्जा कास्कीले हात पारेको छ । स्थानीय बाङ्गेचौर खेल मैदानमा शुक्रबार भएको फाइनल प्रतिस्पर्धामा ‘फ्युचर ब्राइटर स्र्पोट क्लब’ (पहेँलो) बागलुङ लाई ३–१ को गोल अन्तरले पराजित गर्दै विष्णुपादुकाले उपाधि चुमेको हो । उपाधिसँगै विष्णुपादुकाले नगद रु एक लाख पुरस्कार पाएको छ । उ...

आहा रारा गोल्डकप फुटवल प्रतियोगितामा सहारा सेमिफाइनलमा

पोखरा । पन्ध्रौं आहा रारा गोल्डकप फुटवल प्रतियोगितामा आयोजक सहारा क्लब प्रतियोगिताको सेमिफाइनलमा पुगेको छ । भारतको युनाइटेड सिक्किमलाई टाइब्रेकरमा ४–२ अन्तरले पराजित गर्दै सहाराले अन्तिम चारको यात्रा तय गरेको हो । निर्धारित ९० र थप ३० मिनेट समयमा गोल नभएपछि टाइब्रेकरमा निर्णय भएको थियो । टाइबेकरमा सहाराका उत्तम गुरुङ, सुसन गुरुङ, शिव सुवेदी र रमेश मगरले गो गरेका थिए भने युनाइटेडका सञ्जय क्षेत्र...

क्रिकेट प्रतियोगिता उद्घाटन खेलमा निङ्लाशैनी विजयी

बैतडी। आजदेखि सहिद दशरथचन्द स्मृति यू–१९ आमन्त्रण क्रिकेट प्रतियोगिता सुरु भएको छ । उद्घाटन खेलमा निङ्लाशैनी क्रिकेट क्लव (एनसिसी)देहिमाडौँं विजयी भएको छ । देहिमाडौँस्थित निङ्लाशैनी खेल मैदानमा भएको खेलमा त्रिलोचन क्रिकेट क्लब गोठलापानीलाई ५८ रनले पराजित गर्दै निङ्लाशैनी विजयी भएको हो । टस जितेर ब्याटिङ गर्दै निङ्लाशैनीले प्रकाश नाथको ९४ रनको मद्दतमा ३८ दशमलब ४ ओभरमा सबै विकेट गुमाउँदै २९३ ...

अन्तर्राष्टिय कराँते प्रतियोगितामा नेपाल च्याम्पियन

झापा । बनियानीमा आयोजित अन्तर्राष्ट्रिय कराँते प्रतियोगितामा नेपाल च्याम्पियन बनेको छ । प्रतियोगितामा १५ स्वर्ण, सात रजत र २० कास्य पदक जित्दै नेपालले उपाधि जितेको हो । यस्तै एउटा स्वर्ण, चार रजत र चार कास्य पदकका साथ भुटान दोस्रो तथा तीन रजत, एउटा कास्य पदकका साथ भारत तेस्रो भएको छ । सो प्रतियोगितामा दुई रजत र तीन कास्यसहित बङ्लादेश चौथो भएको छ । नेपाल कराँते महासङ्घ झापाका अध्यक्ष मिलन प्रसा...