म्यादी मंगलम (फोटो फिचर)

असल चरित्र   मंसिर १० मा हुने प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचन सुरक्षार्थ खोटाङका लागि ९ सय ८२ म्यादी प्रहरी आह्वान गरिएको थियो । जिल्ला प्रहरी कार्यालय खोटाङका अनुसार, २ हजार २१ जनाको आवेदन परेको थियो । मागभन्दा दोब्बर बढी आवेदन परे पनि ९ सय ८२ जनासहित केही वैकल्पिक छनोट गरिएको थियो । विद्यार्थीदेखि भूतपूर्व सेना तथा प्रहरीले म्यादीका लागि आवेदन दिएका थिए । १८ वर्ष पूरा भई ५...

एउटै परिवारका ६ बहिनी सरकारी जागिरे

विदुर भट्टराई रिटायर्ड सरकारी अधिकृत हुन् । उनका छ  छोरी र पाँच जुवाइँ पनि सरकारी जागिरे छन् ।  पढाइमा मेहनती छोरीहरूले पालैपालो लोकसेवा आयोगको परीक्षा दिए र नाम निकाले । छ निजामती सेवामा प्रवेश गरे । तीन छोरी उपसचिव भइसकेका छन् भने दुई छोरी शाखा अधिकृत र एक छोरी सुब्बा छन् । ‘पैसा कमाउन, पढ्न विदेश जाने चलनलाई हाम्रा छोरीले पछ्याएनन्,’ विदुर भन्छन् । भट्टराईले विदेश जाने ज्वाइँ रोजेनन् । व...

थेसिस लेख्न नजानेर हैरान हुनुहुन्छ ? यसरी लेख्न सकिन्छ थेसिस (पहिलो पाठ)

थेसिस लेख्ने तरिका थाहा नहुँदा कतिपय विद्यार्थी अन्योलमा हुन्छन् । नियमित कक्षा नलिएका उनीहरूलाई लेख्न तरिका थाहा नहुँदा वर्षौंसम्म थेसिस पूरा गर्न सक्दैनन् । उनीहरूको समस्या बुझेर शिक्षाविद् डा. मनप्रसाद वाग्लेले थेसिस लेख्ने तरिका यसरी सुझाएका छन् । पाठ १ रिसर्च प्रपोजल कसरी तयार पार्ने ? थेसिसको प्रपोजल लेख्नेक्रममा केही विद्यार्थी तनावमा देखिनु अस्वाभाविक होइन । यसलाई तनावका रूपमा न...

१२ को परीक्षा दिने एयर होस्टेसमा योग्य

काठमाडौं । कक्षा १२ को परीक्षा दिएर फुर्सदमा बसेका युवकयुवतीको रहरको विषयमध्ये एयर होस्टेसको ‘क्रेज’ बढ्दो छ । काठमाडौंको कमलादीस्थित नेपाल एयर होस्टेस एकेडेमीमा सयौं विद्यार्थी चार महिनाको तालिम लिइरहेका छन् । उनीहरू विभिन्न कलेजमा कक्षा १२ को परीक्षा दिएर विभिन्न जिल्लाबाट काठमाडौंमा तालिम लिइरहेका छन् । यस्ता प्रशिक्षणमा प्रयोगात्मक शिक्षामा बढी जोड दिने भएकाले अध्ययनका लागि सजिलो र रमा...

३५ फिट उचाइको चिन्डो स्तम्भ

मानेभन्ज्याङ गाउँपालिका–३ उँबुगाउँमा ३५ फिट अग्लो किराती सांस्कृतिक प्रतीक स्वालेवा (चिन्डो) को मूर्ति स्तम्भ निर्माण सुरु भएको छ । मानेभन्ज्याङ गाउँपालिकाका नवनिर्वाचित अध्यक्ष मोतीराज राई र उपाध्यक्ष सविता राईले संयुक्त रूपमा उक्त स्तम्भको शिलान्यास गरेका हुन् । वाम्बुले राई समाज, नेपाल (वाम्रास) को पहल र नेपाल ललितकला प्रज्ञाप्रतिष्ठान मूर्तिकला विभाग प्राविधिक सहयोगमा स्तम्भ निर्माण थालिए...

प्युठानमा ३३ लाखको चीज बिक्री

घार–५ प्युठानमा रहेको हिमालयन चीज उद्योगले वर्ष दिनमा ३३ लाख रुपैयाँको चीज बिक्री गरेको छ । हिमालयन चीज उत्पादन कृषि सहकारी संस्थाद्वारा सञ्चालित सो उद्योगले २०७२ फागुनदेखि २०७३ माघसम्म चार हजार ४०० किलो चीज बिक्री गरेको हो । प्रतिकिलो ७५० का दरले चीज बिक्री गरेको सो संस्थाका अध्यक्ष नारायण बरुवालले जानकारी दिए । वर्ष दिनमा उद्योगमा दूध बिक्री गर्ने किसानले ३० लाख भुक्तानी पाएका छन् । २०...

संकटमा भेडापालन, राडीपाखी लोपोन्मुख

सोलुखुम्बुका गुरुङ जातिलाई एउटै चिन्ता पिरोल्न थालेको छ । स्थानीय गुरुङ जातिले परापूर्वकालदेखि अँगाल्दै आएका पुख्र्याैली पेसा भेडापालन संकटमा परेकाले उनीहरूलाई चिन्ता बढेको हो । जिल्लास्थित वन–जंगल सामुदायिक वनमा परिणत भएपछि सामुदायिक वनमा भेडा चराउन रोक लगाइएकाले चरिचरन अभावमा भेडापालन संकटमा पर्न थालेको हो । चरिचरन अभावले मात्र भेडापालन संकटमा परेको भने होइन । ‘युवापुस्ताले पुख्र्याैली व्यव...

पल्टनघरकी पवित्र

‘तिमी तारेभीर म त लहरा, तिमीमैमा लहराउँछु तिमी सहारा’ शीर्षाकृत गीतका गायिका पवित्र सुब्बा हिजोआज कता हराइन् ? गायिका सुब्बाका श्रोताले यस्तै प्रश्न सोध्ने गर्छन् । बिहेपछि ब्रुनाई पुगेकी उनी उतै रहेको धेरैलाई थाहा नहुन सक्छ । त्यसैले उनी कता हराइन् भनेर श्रोताले सोधिखोजी गर्ने नै भए । आफूलाई ‘लो प्रोफाइल’ का ठान्ने उनी पल्टनघरमै सीमित रहेकी छन् । केही सयमअघि नेपाल आएकी पवित्रले सुनाइन्, ‘टोटल ...

सुत्केरीलाई भत्ता दिने अस्पताल

दीपेन्द्र राई समयमै औधषोचार नपाएर ज्यान गुमाउनुपरेको समाचार प्रकाशन/प्रसारण भइरहँदा सोलुखुम्बुका लुक्लावासीले भने ५० रुपियाँको टिकट काटेपछि निःशुल्क औषधोचार पाउँदै आएका छन् । ५० रुपियाँको टिकटसम्म काट्न नसक्ने बिरामीले भने निःशुल्क औषधोपचारमात्रै होइन, खान–बस्ने सुविधासमेत अस्पतालले नै बेहोर्दै आएको छ । २८०० मिटर उचाइमा चौंरीखर्क–८ लुक्लामा रहेको पासाङ ल्हामु निकोल निक्की अस्पतालमा सुत्केरी हु...

दुई रुपियाँमा फुलेको सपना

‘दुई कक्षामा पढ्थेँ । शिक्षकले गीत गाउन लगाउनुभयो । सहर्ष स्विकार्दै मैले गीत गाएँ,’ मैतीदेवीमा भेटिएकी खुसेनिछो चाम्लिङले भनिन्, ‘गीत गाउँदा शिक्षकले दुई रुपियाँ दिनुभएको थियो । एक रुपियाँको डटपेनको रिफिल किनेँ । बाँकी रुपियाँले कापी हो कि बलगम किनेर खाएँ, बिर्सें ।’ दुई रुपियाँ पाएपछि गायिका खुसीनिछो उत्साहित भइन् । उनले पढाइ र गायन सँगसँगै अगाडि बढाइन् । चार कक्षा पुगेपछि उनले गीत गाउन छाडिन...