कोरियामा सिकेको सीप व्यवहारमा उतार्न नेपाल फर्कन हतार

‘प्राइभेट भिसा’ बाट नौ वर्षअघि कोरिया पुगेकी मोडल हिमानी गुरुङ केही समयपछि नेपाल फर्कंदै छिन् । नेपाल फर्केपछि स्किन पार्लर खोल्ने मोडल गुरुङले बताइन् । चार म्युजिक भिडियो, फिल्म र टेलिफिल्ममा अभियन गरिसकेकी उनले नेपालमा रहँदा व्युटिसियन र मेकअप आर्टिस्टको परिचय बनाएकी थिइन् । स्याङ्जानिवासी हिमानी गुरुङसँग तेस्रो आँखा डटकमका लागि  विशेषता राईले गरेको रोजगार संवाद । कोरिया आएको नौ वर्ष भएछ, प...

दुःख गर्नेका लागि हङकङ राम्रो

  तपाईंको आफ्नो बारेमा बताइदिनुस् न ? मेरो नाम अस्मीता खापुङ हो । मेरो घर तेह्रथुम हो । म हङकङ आएको ८ वर्ष भयो । म अहिले हङकङको सेन्ट्रल भन्ने ठाउँमा पिज्जा एक्स्प्रेसमा काम गर्छु । हङकङ्मा अवसर कस्तो छ ? अवसर राम्रै छ । जागीरका लागि खासै समस्या छैन । तलब पनि राम्रै हुन्छ । यहाँ जति काम गर्न सकियो उति बचत गर्न सकिन्छ । दु:ख गर्नेका लागि हङकङ राम्रो छ ।     ...

‘लेबरमा नआउनुस्, गाह्रो हुन्छ’

तपाईंको आफ्नो बारेमा बताइदिनुस् न ? मेरो नाम धर्मराज राई हो  । मेरो घर धनकुटा हो  । म अहिले साउदी अरबमा तामिमी कम्पनीको दम्माम क्याम्प अल्ल खोबरमा काम गर्छु  । म यहाँ आएको आठ वर्ष भयो  । अहिले दिनको आठ घण्टा मात्र काम गर्छु  । तलब १,२०० रियल छ । जेनतेन गुजारा चलाएको छु  । त्यहाँ अवसर कस्तो छ ? खानु बस्नु कम्पनीले दिन्छ  । महिनाको तलब समयमै पाएको छु । लेबरको इन्सुरेन्स र मेडिकल सुबिधा पनि छ । दु...