१९ महिनाअघि रोपेको पीपलमा पानी हाल्दै प्रधानमन्त्री बालुवाटार प्रवेश

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले बालुवाटारबाट बाहिरिँदै गर्दा १९ महिनाअघि रोपेको पीपलमा आइतबार साँझ पानी हाल्दै प्रधानमन्त्रीनिवास बालुवाटार सरेका छन् । प्रधानमन्त्री ओलीले गत २०७३ साउन १९ गते बालुवाटारबाट बाहिरिँदै गर्दा समृद्धिको प्रतीकस्वरूप रोपेको पीपलमा जल सिञ्चन गर्दै सरकारीनिवास प्रवेश गरेका हुन् । पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा शुक्रबार प्रधानमन्त्रीनिवासबाट ...

एमाले अध्यक्ष ओली दोस्रोपटक प्रधानमन्त्री

काठमाडौं । एमाले अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्रीमा नियुक्त भएका छन् । राष्ट्रपति विद्यादेवी भण्डारीले नेपालको संविधानको धारा ७६ को उपधारा २ अनुसार ओलीलाई प्रधानमन्त्रीमा नियुक्त गरेको राष्ट्रपति कार्यालय प्रवक्ता कुलप्रसाद चुडालद्वारा जारी गरेको विज्ञप्तिमा उल्लेख छ । नवनियुक्त प्रधानमन्त्री शर्माले बिहीवार अपराह्न ४ बजे जनताका नाममा शपथ लिएका छन् ।...

बतासेघाटमा पक्की पुल बन्ने

तेस्रो आँखा संवाददाता खोटाङ । हलेसी–तुवाचुङ नगरपालिका–५ दुर्छिम गणेशटार खोटाङ र सुनकोसी गाउँपालिका साबिक बाँसबोटे गाविस उदयपुरको बतासेघाटमा पक्की पुल बन्ने भएको छ । पक्की पुल निर्माणका लागि मन्त्रालयले तोक आदेश गरिसकेको छ,’ सुनकोसी गाउँपालिका अध्यक्ष मेजरकुमार राई भन्छन्, ‘हाम्रो प्रस्ताव मन्त्रालयको तोकपछि सडक विभाग हुँदै राष्ट्रिय योजना आयोगमा पुल निर्माण प्रक्रिया पुगेको छ ।’ प्र...

चार पर्खालभित्र किताब घाेकाउनु अपराध

काठमाडौं । बाँच्ने कला सबैभन्दा ठूलाे शिक्षा हाे । चार पर्खालभित्र किताब घाेकाएर शिक्षा दिने काम अपराध हाे । हेर्नुहोस् भिडियोसहित । https://22WordsPresents/videos/951136525052328/...

लिब्जुभुम्जु डटकम सञ्चालनमा

काठमाडौं । २४ वर्षदेखि निरन्तर प्रकाशन हुँदै आएको ‘लिब्जुभुम्जु’ पत्रिकाको अनलाइन संस्करण लिब्जुभुम्जु डटकम सञ्चालनमा आएको छ । राष्ट्रगान सर्जक व्याकुल माइलाले गत शुक्रवार उद्घाटन गरेको लिम्बुभुम्जु डटकमले ‘मातृभाषाको उत्थान र सत्य खबरको पहिचान’ नारासहित देश–विदेशमा छरिएका मातृभाषीलाई समेट्ने जनाएको छ । ‘आफ्नो पहिलो कृति वाम्बुले राई मातृभाषामा प्रकाशन गर्न लागेको छु,’ माइलाले जानकारी गराए...

कागका लागि पुसमै रोटी तयार

विनोदसिंह विष्ट बैतडी । बैतडीलगायत सुदूरपश्चिमका अधिकांश जिल्लावासीले कागका लागि रोटी पकाइसकेका छन् । सुदूरपश्चिममा माघेसङ्क्रान्तिलाई नरहरि सङ्क्रान्तिका रूपमा मनाइँदै छ । नरहरि सङ्क्रान्तिको अघिल्लो दिन पुस ३० गते राति मीठोमसिनो खाने चलन रहिआएको छ । पुस ३० गते राति खासगरेर चामलको पीठोबाट माँडा पकाउने चलन छ । माघ धार्मिक महिना भएकाले यसलाई नरहरि भनिएको पं दयाकृष्ण पन्तले बताए । नर (म...

उन्मुक्ति दिवस मनाउँदै थारू समुदाय, वर्ष दिनका लागि अगुवा छनोट

काठमाडौँ । थारू समुदायले माघ १ गतेलाई नयाँ वर्षका रूपमा धुमधामसाथ उन्मुक्ति दिवसका रूपमा मनाउँदै छन् । पूर्व झापादेखि पश्चिममा कञ्चनपुरसम्मका थारू समुदायले स्नान, दान, एवम् खानपिन र रमाइलो गरेर माघी मनाउने गर्छन् । सूर्य उत्तरायणमा प्रवेश गर्ने दिन माघ १ गते थारू समुदायको नयाँ वर्ष माघी पर्छ । माघ १ गतेदेखि पाँच दिनसम्म तराई क्षेत्रमा यो चाड धुमधामसाथ मनाइन्छ । पुसको अन्तिम दिन रातभरि जाग्...

माघेसंक्रान्तिमा स्नान, दान, ध्यान नगर्ने जीवनभरि रोगी

काठमाडौ । सूर्य धनु राशिबाट मकर राशिमा प्रवेश गरी उत्तरायण सुरु हुने भएकाले माघ १ गतेलाई मकर संक्रान्ति भनिन्छ । साउन १ देखि सुरु दक्षिणायन अन्त्य भई माघ १ गतेदेखि नै उत्तरायण सुरु हुने भएकाले दिनभन्दा रात छोटा हुँदै जान्छन् । उत्तरायण सुरु हुने दिनको स्नान, जप, तप, ध्यान, साधना, दान आदिलाई पुण्यदायक मानिन्छ । आज देवघाट, त्रिशूली, कालीगण्डकी, बागमती, इन्द्रावती, त्रिवेणी, रिडी, बेत्रावतीलगायत...

८५ वर्षीयाको सक्रिय समाजसेवा

तेस्रो आँखा संवाददाता भद्रकुमारी घलेले गुरुङ समुदायमा निकै ठूलो योगदान गर्दै आएकी छन् । संवत् १९८७ मा जन्मेकी घले गुरुङ समुदायका लागि एउटा असल, सहयोगी र उदाहरणीय पात्र बनेकी छन् । उनी गुरुङ समुदायको इतिहासमा सक्रिय भएर राजनीति गर्ने पहिलो महिला राजनीतिज्ञसमेत हुन् । राजनीतिमा मात्र सक्रिय नभएर साहित्य र समाजसेवामा पनि उनको उल्लेखनीय योगदान रहेको छ । आफ्नो विचार प्रस्ट र प्रखर रूपमा पस्कने ...

काठमाडौंका सञ्चारकर्मी सबैभन्दा असुरक्षित

कुमार चौलागाईं काठमाडौं । राजनीतिक गतिविधिमा तीव्रता आएसँगै नेपालमा गत वर्ष सन् २०१७ प्रेस स्वतन्त्रता उल्लंघनका घटना ह्वात्तै बढेको पाइएको छ । फ्रिडम फोरमले हालै सार्वजनिक गरेको वार्षिक मिडिया प्रतिवेदनअनुसार गत वर्ष ६६ प्रेस स्वतन्त्रता उल्लंघनका घटना भएका छन् । घटनामा २३० सञ्चारकर्मी प्रत्यक्ष असरमा परेका छन् । अघिल्लो वर्ष २०१६ मा भने २५ उल्लंघनका घटना भएका थिए । उल्लंघनका घटनामध्ये १६ ...