ईष्र्यालाग्दो ‘इगलम्यान’

प्रकाश खालिङ विश्वजित किराती (धनकुटा) लाई भेटे । त्यसताका किरातीले काठमाडौंबाट अन्तर्वार्ता साप्ताहिक पत्रिका प्रकाशित गर्थे । उनकै संगतले माओको पत्रकारिता यात्रा अन्तर्वार्ता साप्ताहिकबाट सुरु भयो । यो ०३८ सालको कुरा हो । उनले पत्रिकामा लेख, समाचार लेखनसँगै सम्पादनसमेत गर्थे । त्यहीबेला घल राई (कोङ्पी मासिक), कनकमणि दीक्षित (हिमाल पत्रिका) सँग उनको सामिप्यता बढ्दै गयो । अन्तर्वार्ता साप्...

अरूणमा फाल्दिने तात्कालिक माओवादीको धम्की

पूर्वपत्रकार राजधन कुलुङले २०५७ को अन्तिम महिनाबाट एक गैरसरकारी संस्था (गैसस) को कर्मचारीका रूपमा सार्वजनिक जीवन सुरु गरे । गैसस र तिनका कर्मचारीलाई माओवादीले राम्रो मान्दैनथे । जहाँ भेट्यो त्यहीं गाली गर्थे । ०५८ मंसिर ११ गतेको संकटकाल घोषणाअघि उति निर्मम थिएनन् । संकटकाल घोषणासँगै तात्कालिक सरकारले माओवादीमात्र होइन, उनीहरूप्रति सद्भाव राख्नेमाथि कडा नीति बनायो । धेरैले अनाहकमा राज्यपक्षबाट ज...

‘करिअर’ को सबैभन्दा राम्रो ‘स्टोरी’ लेख्न बाँकी

नुनुता राई सम्बन्धित मानिसको आ–आफ्नै पहिचान हुन्छ । पहिचानलाई कसरी स्थापित गर्ने भन्ने कुरा सम्बन्धित व्यक्तिमा भर पर्छ । नेपाली पत्रकारितामा ओमआस्था राईको छुट्टै पहिचान छ । राईले विशिष्ट पहिचान बनाउन धेरै मिहिनेत गरे । सामान्य परिवारमा जन्मेका उनी नेपाली पत्रकारितामा परिचित नाम हो । ‘सानैदेखि पाठ्यक्रमबाहिरका पुस्तक पढ्न रुचाउँथें । घरमा कसैले पत्रिका किनेर ल्याउने चलन थिएन । जे भेट्यो त्...

सत्यवादी शुभ

क्याम्पसको पहिलो वर्षको पढाइ सकिएपछि शुभ मुकारुङलाई संसारमा आफूजत्तिको पत्रकारिता जान्ने र बुझ्ने अर्को मानिस छैन होला भन्ने लाग्यो । यस्तै सोचिरहेको अवस्थामा एक दिन राजेन्द्र लिङ्देन (शुभको दाइको साथी भएकाले उनी परिचित थिए) सँग भेट भयो । लिङ्देनले मुकारुङलाई के गर्दै छौ ? के पढ्दै छौ ? भनेर सोधे । आफूले पत्रकारिता पढ्दै गरेको शुभले जवाफ दिए । उनले शुभलाई प्रोत्साहित गर्दै भने, ‘लु राम्रो । तिमी...

भरलाग्दा भोटराज

सानैदेखि पत्रकार बन्ने दृढइच्छा बोकेका भोटराज राई स्थापित पत्रकारको नाम हो । सानोमा रेडियो र टीभीको समाचार सुन्न र हेर्न रुचाउने राईले एसएलसीलगत्तै पत्रकारितालाई आत्मसात् गरे । साबिक मात्तिम–१ खोटाङ (हाल : साकेला गाउँपालिका) मा बाबु जितमान राई, आमा वर्तकुमारी राईको कान्छो छोराका रूपमा जन्मेका राईले उदयपुरको गाईघाटदेखि एसएलसी उत्तीर्णपछि पत्रकारितामा प्रवेश गरे । पत्रकारिताका गुरु महेश्वर चाम्ल...

क्रियाशील कर्म

प्रमिला राई काठमाडौंबाट फर्केपछि सुनसरीको तरहरामा रहेको बोर्डिङ स्कुलमा पढाउन थाले । लेखनको भोक–प्यासले पछ्याउन छाडेन । साहित्यमात्रै होइन, समाचार लेख्न मन तुल्बुलिएकै थियो । नेपाल प्रेस इन्स्टिच्युटले मोरङको विराटनगरमा तीनमहिने आधारभूत पत्रकारिता तालिम गर्ने सूचना जारी ग¥यो । त्यस अवसरलाई उम्कन दिएनन् । तरहराबाट ३५ किलोमिटर दूरीमा रहेको बाटो तय गरी तालिमकै लागि चार महिना घरबाटै धाए । एनपीआ...

अध्ययनशील अवतार

पूर्वी पहाडी जिल्लामा रेडियो प्रसारण भइसकेको थियो । भोजपुरमा एफएम रेडियो स्थापना भए पनि प्रसारण भएको थिएन । ‘खोटाङको रूपाकोट सामुदायिक रेडियोबाट प्रसारित केही कार्यक्रमको नियमित श्रोता थिएँ,’ किरात राई पत्रकार संघ केन्द्रीय उपाध्यक्ष अवतार राईले सुनाए, ‘जनयुद्धकालमा भूमिगत रूपमा सञ्चालित गणतन्त्र एफएममात्रै होइन, कान्तिपुर एफएमका कार्यक्रमसमेत नछुटाई सुन्न मन लाग्थ्यो ।’ जिल्लामा रेडियो खुल्ने ...

सहृदयी सन्दीप

समय, सभ्यता र प्रविधिको विकाससँगै सूचना आदान–प्रदानमा व्यापक परिवर्तन आएको छ । चीनमा विकसित काठको ब्लक, एक्टा ड्युर्ना, जोहान गुटेनवर्गले आविष्कार गरेको छापाखानादेखि अत्याधुनिक न्यु मिडियासम्म आइपुगेको छ । सूचना प्रविधि विकासले विश्व एउटै सूचना समाजमा रूपान्तरित भएको छ । इन्फरमेसन सुपरहाइवेका कारण विश्वका कुनै पनि एउटा कुनामा घटेका घटनाबारे क्षणभरमै हामी अर्को कुनामा थाहा पाउन सक्छौं । प्रविधि ...

कलमजीवी कुम्भराज

‘तिमी पत्रकार भएर के गर्यौ ? पत्रकार भनेको त रवि लामिछानेजस्तो हुनुपर्छ,’ सामाजिक सञ्जाल फेसबुकमा स्कुलेका सहपाठीले भने, ‘रविजस्तो पत्रकारले मात्र सच्चा पत्रकारिता गरिरहेको छ ।’ यति सुनेपछि उनले सहापाठीसँग वादविवाद गर्न रुचाएनन् । तैपनि गफ गर्नेक्रममा लामै प्रस्टीकरण दिनुपर्यो । उनले आफैंसँग प्रतिप्रश्न गरे, ‘साँच्चै मैले पत्रकारिता गरेर के पाएँ । के गुमाएँ ?’ स्कुले सहपाठीले नयाँघरको तस्बिर फे...

थुक्पामा नुनमात्रै हालेर खाएको त्यो क्षण

छिन्ताङ । साबिक छिन्ताङ गाउँ विकास समिति सहिदभूमि गाउँपालिकामा पर्छ । पत्रकार सिद्धराज राईको बाल्यकाल र किशोर अवस्था गाउँमै बित्यो । एसएलसी उत्तीर्ण गरेपछि उच्च शिक्षाका लागि संवत् २०५४ मा धनकुटा बहुमुखी क्याम्पस भर्ना भए । घरबाट क्याम्पस धाउन सम्भव थिएन । डेरा बसेर पढ्नुपर्ने बाध्यता थियो । धनकुटा बजारको श्रीवानीमा डेरा बस्ने निश्चित भयो । त्यहाँ उनीभन्दा अग्रज कुलप्रसाद राई पनि डेरा बस्थे । ...