पत्रकारले भेदभाव गर्न मिल्दैन

बिमला राई हलेसी तुवाचुङ नगरपालिका खोटाङबाट पहिलोपटक प्रकाशित तुवाचुङ साप्ताहिक सार्वजनिक समारोहका अध्यक्ष एवम् तुवाचुङ साप्ताहिक सम्पादक दीपेन्द्र राईज्यू । यस कार्यक्रमका प्रमुख अतिथि नगरप्रमुखज्यू, वडाध्यक्षज्यूहरू, वडासदस्यज्यू, नेकपाका श्रद्धेय नेता हरिश्चन्द्र गिरीज्यू, इलाका प्रहरी कार्यालय हलेसी प्रमुखज्यू, पत्रकारद्वय हरिबोल आचार्य र केदार लाफाज्यू र उपस्थित सम्पूर्णमा हार्दिक नमस्क...

समृद्ध हलेसी तुवाचुङ नगरपालिका बनाउन २७ ‘स’

सयन्द्र राई दुर्छिम, खोटाङ । हलेसी तुवाचुङ नगरपालिका प्रमुख प्रशासकीय अधिकृत राजकुमार राईले समृद्ध नगरपालिका बनाउने २७ ‘स’ अवधारणा अघिसारेका छन् । प्रमुख प्रशासकीय अधिकृत राईका अनुसार समृद्ध नगरपालिका बनाउन ‘संघीयताको गर्भअनुसार प्रशासनिक कर्म’ गर्न कर्मचारीलाई सुझाएका छन् । प्रशासनिक कामलाई चुस्त–दुरुस्त र प्रभावकारी बनाउन सदाचारिता, समन्वय, सहकार्य, सहयोग, संवाद, समयको पालन र समन्वय त्...

संस्कृतिविद् सत्यमोहन जोशीको सम्झनामा महाकवि देवकोटा

दीपेन्द्र राई ‘त्यहाँ पुगेपछि महाकवि लक्ष्मीप्रसाद देवकोटासँग भेटघाट भयो,’ वाङ्मय शताब्दी पुरुष सत्यमोहन जोशीले अतीत सम्झे, ‘१० वर्षमै कविता लेख्न थालेका महाकवि देवकोटासँग भेट्दा आफूले लेखेको कविता मैले सुनाएँ । कति राम्रो भन्दै उनले प्रोत्साहन दिए ।’ त्यतिबेला वाङ्मय शताब्दी पुरुष जोशी त्रि–चन्द्र क्याम्पस घन्टाघर काठमाडौंमा पढ्थे । बीच–बीचमा पढाइ ‘ग्याप’ हुन्थ्यो । त्यसताका घुम्ने ठाउँ...

हरियो हलेसी

दीपेन्द्र राई   योजनाबद्ध तरिकाले काम गर्ने हो भने हलेसीलाई पाँच वर्षभित्रमा हरियो बनाउन सकिन्छ । ‘हरियो हलेसी बनाउन त्यति धेरै मिहिनेत गर्नैै पर्दैन,’ नेपाल कम्युनिस्ट पार्टी नेता टंक राईले सुझाए, ‘ओखलढुंगा र खोटाङ जोड्ने जयरामदेखि हलेसीसम्मका प्रत्येक घरधनीलाई सुख्खा क्षेत्रमा हुने फलफूल लिची, विशेषप्रकारका आँप, एबोकाडोलगायत विभिन्न प्रजातिका फलफूल रूख प्रजातिका पाँच बोट बिरुवा रो...

गौरवान्वित गोपाल

दीपेन्द्र राई   छँदाखाँदाको जागिर छाडे । तात्कालिक आरएनएसीको जागिर छाडेर काठमाडौंको ३१ नम्बर वडाध्यक्षमा उम्मेदवारी दिए । आरएनएसीबाट राजीनामा दिएर जनपक्षीय उम्मेदवार बनेका उनी १७ मतले पराजित भए । यो संवत् २०४२ सालको कुरा हो । वडाध्यक्षमा पराजित भएपछि उनी व्यावसायिक पत्रकारितामै सक्रिय छन् । सुरुताका ‘छहरा’ मासिक रूपमा प्रकाशित हुन्थ्यो । त्यही छहरा हिजोआज साप्ताहिक रूपमा प्रकाशित ह...

एक मच्छडको आत्मकथा

बुद्धिसागर अफिसमा पस्नासाथ रिसेप्सनबाट मैले एउटा पुलिन्दा पाएँ। रिभ्युका लागि आएको किताब होला भनेर खोल्न हतार गरिनँ। साँझ घर फर्किने बेला के रैछ भनेर खोलेँ। भित्र तहतह मिलाइएका थोत्रा कागजका पन्ना थिए। एकदम केरमेट। कसैले रिभ्युका लागि पान्डुलिपि नै पठायो कि भनेर हाँसेँ। नागरिक विकेन्डका साथीहरूले पनि रमाइलो माने। फुटबल हेर्न राति १२:१५ कुर्नु त छँदैछ। त्यही बेला पढ्न हुन्छ भनेर पुलिन्दा काख...

बलशाली बाला

एसएलसी परीक्षा दिएर सोलुखुम्बुबाट काठमाडौं झर्दा पत्रकारिताको ‘प’ पनि थाहा थिएन । यदाकदा रेडियो सुनेबाहेक न त टेलिभिजन नै देखेकी थिइन् । न त पत्रपत्रिका नै पढ्न पाएकी थिइन् । उच्च शिक्षा अध्ययनका लागि एक झोला रहर बोकेर काठमाडौं झरेकी उनलाई कुन विषय पढ्ने भन्नेसमेत थाहा थिएन । बुवा माओ राई काठमाडौं थिए । बुवा भएपछि काठमाडौंमा त्यति गाह्रो भएन । ‘तैंले पत्रकारिता विषय लिएर आरआर क्याम्पसमा पढ्नुपर...

प्रखर प्रमिला

देवेन्द्र सुर्केली बेलायतको अल्डरसमा रहेको इम्पेरियल हलमा आयोजित नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) बेलायतको अधिवेशनले प्रमिला लाबुङ राईलाई अध्यक्षमा सर्वसम्मत चयन गर्यो । यो संवत् २०७४ भदौ १२ गतेको कुरा हो । राई नेतृत्वको फोनिज बेलायतले बेलायतमा रहेका पत्रकार महिलाका लागि अभूतपूर्व सफलता ठान्यो । फोनिज बेलायत अध्यक्ष राई यहाँसम्म आइपुग्दाको कथा त्यत्तिकै रोचक छ । इलाम समालबुङको ...

ईष्र्यालाग्दो ‘इगलम्यान’

प्रकाश खालिङ विश्वजित किराती (धनकुटा) लाई भेटे । त्यसताका किरातीले काठमाडौंबाट अन्तर्वार्ता साप्ताहिक पत्रिका प्रकाशित गर्थे । उनकै संगतले माओको पत्रकारिता यात्रा अन्तर्वार्ता साप्ताहिकबाट सुरु भयो । यो ०३८ सालको कुरा हो । उनले पत्रिकामा लेख, समाचार लेखनसँगै सम्पादनसमेत गर्थे । त्यहीबेला घल राई (कोङ्पी मासिक), कनकमणि दीक्षित (हिमाल पत्रिका) सँग उनको सामिप्यता बढ्दै गयो । अन्तर्वार्ता साप्...

अरूणमा फाल्दिने तात्कालिक माओवादीको धम्की

पूर्वपत्रकार राजधन कुलुङले २०५७ को अन्तिम महिनाबाट एक गैरसरकारी संस्था (गैसस) को कर्मचारीका रूपमा सार्वजनिक जीवन सुरु गरे । गैसस र तिनका कर्मचारीलाई माओवादीले राम्रो मान्दैनथे । जहाँ भेट्यो त्यहीं गाली गर्थे । ०५८ मंसिर ११ गतेको संकटकाल घोषणाअघि उति निर्मम थिएनन् । संकटकाल घोषणासँगै तात्कालिक सरकारले माओवादीमात्र होइन, उनीहरूप्रति सद्भाव राख्नेमाथि कडा नीति बनायो । धेरैले अनाहकमा राज्यपक्षबाट ज...