गौरवान्वित गोपाल

दीपेन्द्र राई   छँदाखाँदाको जागिर छाडे । तात्कालिक आरएनएसीको जागिर छाडेर काठमाडौंको ३१ नम्बर वडाध्यक्षमा उम्मेदवारी दिए । आरएनएसीबाट राजीनामा दिएर जनपक्षीय उम्मेदवार बनेका उनी १७ मतले पराजित भए । यो संवत् २०४२ सालको कुरा हो । वडाध्यक्षमा पराजित भएपछि उनी व्यावसायिक पत्रकारितामै सक्रिय छन् । सुरुताका ‘छहरा’ मासिक रूपमा प्रकाशित हुन्थ्यो । त्यही छहरा हिजोआज साप्ताहिक रूपमा प्रकाशित ह...

एक मच्छडको आत्मकथा

बुद्धिसागर अफिसमा पस्नासाथ रिसेप्सनबाट मैले एउटा पुलिन्दा पाएँ। रिभ्युका लागि आएको किताब होला भनेर खोल्न हतार गरिनँ। साँझ घर फर्किने बेला के रैछ भनेर खोलेँ। भित्र तहतह मिलाइएका थोत्रा कागजका पन्ना थिए। एकदम केरमेट। कसैले रिभ्युका लागि पान्डुलिपि नै पठायो कि भनेर हाँसेँ। नागरिक विकेन्डका साथीहरूले पनि रमाइलो माने। फुटबल हेर्न राति १२:१५ कुर्नु त छँदैछ। त्यही बेला पढ्न हुन्छ भनेर पुलिन्दा काख...

बलशाली बाला

एसएलसी परीक्षा दिएर सोलुखुम्बुबाट काठमाडौं झर्दा पत्रकारिताको ‘प’ पनि थाहा थिएन । यदाकदा रेडियो सुनेबाहेक न त टेलिभिजन नै देखेकी थिइन् । न त पत्रपत्रिका नै पढ्न पाएकी थिइन् । उच्च शिक्षा अध्ययनका लागि एक झोला रहर बोकेर काठमाडौं झरेकी उनलाई कुन विषय पढ्ने भन्नेसमेत थाहा थिएन । बुवा माओ राई काठमाडौं थिए । बुवा भएपछि काठमाडौंमा त्यति गाह्रो भएन । ‘तैंले पत्रकारिता विषय लिएर आरआर क्याम्पसमा पढ्नुपर...

प्रखर प्रमिला

देवेन्द्र सुर्केली बेलायतको अल्डरसमा रहेको इम्पेरियल हलमा आयोजित नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) बेलायतको अधिवेशनले प्रमिला लाबुङ राईलाई अध्यक्षमा सर्वसम्मत चयन गर्यो । यो संवत् २०७४ भदौ १२ गतेको कुरा हो । राई नेतृत्वको फोनिज बेलायतले बेलायतमा रहेका पत्रकार महिलाका लागि अभूतपूर्व सफलता ठान्यो । फोनिज बेलायत अध्यक्ष राई यहाँसम्म आइपुग्दाको कथा त्यत्तिकै रोचक छ । इलाम समालबुङको ...

ईष्र्यालाग्दो ‘इगलम्यान’

प्रकाश खालिङ विश्वजित किराती (धनकुटा) लाई भेटे । त्यसताका किरातीले काठमाडौंबाट अन्तर्वार्ता साप्ताहिक पत्रिका प्रकाशित गर्थे । उनकै संगतले माओको पत्रकारिता यात्रा अन्तर्वार्ता साप्ताहिकबाट सुरु भयो । यो ०३८ सालको कुरा हो । उनले पत्रिकामा लेख, समाचार लेखनसँगै सम्पादनसमेत गर्थे । त्यहीबेला घल राई (कोङ्पी मासिक), कनकमणि दीक्षित (हिमाल पत्रिका) सँग उनको सामिप्यता बढ्दै गयो । अन्तर्वार्ता साप्...

अरूणमा फाल्दिने तात्कालिक माओवादीको धम्की

पूर्वपत्रकार राजधन कुलुङले २०५७ को अन्तिम महिनाबाट एक गैरसरकारी संस्था (गैसस) को कर्मचारीका रूपमा सार्वजनिक जीवन सुरु गरे । गैसस र तिनका कर्मचारीलाई माओवादीले राम्रो मान्दैनथे । जहाँ भेट्यो त्यहीं गाली गर्थे । ०५८ मंसिर ११ गतेको संकटकाल घोषणाअघि उति निर्मम थिएनन् । संकटकाल घोषणासँगै तात्कालिक सरकारले माओवादीमात्र होइन, उनीहरूप्रति सद्भाव राख्नेमाथि कडा नीति बनायो । धेरैले अनाहकमा राज्यपक्षबाट ज...

‘करिअर’ को सबैभन्दा राम्रो ‘स्टोरी’ लेख्न बाँकी

नुनुता राई सम्बन्धित मानिसको आ–आफ्नै पहिचान हुन्छ । पहिचानलाई कसरी स्थापित गर्ने भन्ने कुरा सम्बन्धित व्यक्तिमा भर पर्छ । नेपाली पत्रकारितामा ओमआस्था राईको छुट्टै पहिचान छ । राईले विशिष्ट पहिचान बनाउन धेरै मिहिनेत गरे । सामान्य परिवारमा जन्मेका उनी नेपाली पत्रकारितामा परिचित नाम हो । ‘सानैदेखि पाठ्यक्रमबाहिरका पुस्तक पढ्न रुचाउँथें । घरमा कसैले पत्रिका किनेर ल्याउने चलन थिएन । जे भेट्यो त्...

सत्यवादी शुभ

क्याम्पसको पहिलो वर्षको पढाइ सकिएपछि शुभ मुकारुङलाई संसारमा आफूजत्तिको पत्रकारिता जान्ने र बुझ्ने अर्को मानिस छैन होला भन्ने लाग्यो । यस्तै सोचिरहेको अवस्थामा एक दिन राजेन्द्र लिङ्देन (शुभको दाइको साथी भएकाले उनी परिचित थिए) सँग भेट भयो । लिङ्देनले मुकारुङलाई के गर्दै छौ ? के पढ्दै छौ ? भनेर सोधे । आफूले पत्रकारिता पढ्दै गरेको शुभले जवाफ दिए । उनले शुभलाई प्रोत्साहित गर्दै भने, ‘लु राम्रो । तिमी...

भरलाग्दा भोटराज

सानैदेखि पत्रकार बन्ने दृढइच्छा बोकेका भोटराज राई स्थापित पत्रकारको नाम हो । सानोमा रेडियो र टीभीको समाचार सुन्न र हेर्न रुचाउने राईले एसएलसीलगत्तै पत्रकारितालाई आत्मसात् गरे । साबिक मात्तिम–१ खोटाङ (हाल : साकेला गाउँपालिका) मा बाबु जितमान राई, आमा वर्तकुमारी राईको कान्छो छोराका रूपमा जन्मेका राईले उदयपुरको गाईघाटदेखि एसएलसी उत्तीर्णपछि पत्रकारितामा प्रवेश गरे । पत्रकारिताका गुरु महेश्वर चाम्ल...

क्रियाशील कर्म

प्रमिला राई काठमाडौंबाट फर्केपछि सुनसरीको तरहरामा रहेको बोर्डिङ स्कुलमा पढाउन थाले । लेखनको भोक–प्यासले पछ्याउन छाडेन । साहित्यमात्रै होइन, समाचार लेख्न मन तुल्बुलिएकै थियो । नेपाल प्रेस इन्स्टिच्युटले मोरङको विराटनगरमा तीनमहिने आधारभूत पत्रकारिता तालिम गर्ने सूचना जारी ग¥यो । त्यस अवसरलाई उम्कन दिएनन् । तरहराबाट ३५ किलोमिटर दूरीमा रहेको बाटो तय गरी तालिमकै लागि चार महिना घरबाटै धाए । एनपीआ...