प्रसूति व्यथा लाग्यो रे,एउटा भोटो सिलाइदेऊ
शेरबहादुर जन्मिने रे, कुर्सी चट्ट मिलाइदेऊ ।
अन्धो प्रेम गरेर, भारत खुसी पारेको
सुशीलालाई जिस्काउँदा, पहिलो चुनाव हारेको ।
छोड्दै–छोड्दै आका छन्, मधेसीले मागहरू
ओइलाएर खङ्ग्रङ्ग, केही मुला सागहरू ।
एमालेको अडान धेरैलाई थाहा छैन, पत्याए है जनताले
ठिकै हो भन्ने अलि बेला भा’छैन ।

प्रचण्डका जुगाँ नि चुनावले फुलायो
थापाजीको गाईलाई, एमालेले घुमायो ।
बोतल रहेछ पुरानो, नयाँ रक्सी हालेको
बेतुकका बोलीले बाबुरामलाई फालेको ।
जतिपटक जन्मे नि तोतेबोली आउने हो
शपथ खा’को सातामा दिल्ली पक्कै धाउने हो ।
लोकल भाले काटेर, सुत्केरीलाई खुवाऊ
छिटो चुनाव गराऊ, अब जनता नभुलाऊ ।