झापा । दोस्रो चरणमा सम्पन्न हुने स्थानीय तहको निर्वाचनमा खटिने मतदान अधिकृत एवम् सहायक मतदान अधिकृतलाई जिल्ला निर्वाचन कार्यालयले मंगलवारदेखि तालिम सुरु गरेको छ ।
दुई दिने तालिममा मतदान अधिकृत एवम् सहायक मतदान अधिकृत गरी ३०० जनाको सहभागिता रहेको जिल्ला निर्वाचन अधिकारी गोपाल आचार्यले बताए ।
मतदान केन्द्रमा आफूले पाएको जिम्मेवारी, भूमिका, मतदान केन्द्रको व्यवस्थापन र दायित्व पूरा गर्ने विषयमा जानकारी दिइने तालिम दिइने अधिकारी आचार्यले जानकारी दिए ।