काठमाडौँ । विनाविभागीयमन्त्री प्रभु साहलाई सहरी विकास मन्त्रालयको जिम्मेवारी दिइएको छ ।
गत जेठ २४ गते शपथ लिएका मन्त्री साहलाई प्रधानमन्त्री शेरबहादुर देउवाले शुक्रवार सो मन्त्रालयको जिम्मेवारी दिएको प्रधानमन्त्री कार्यालयले जनाएको छ ।
प्रधानमन्त्री देउवाले जेठ २४ गते शपथ लिएसँगै तीन उपप्रधानमन्त्री र चार मन्त्रीले पनि शपथ लिएक थिए ।