दुर्छिम (खोटाङ) । थानीय तहअन्तर्गत आगामी असार १४ मा हुने दोस्रो चरण निर्वाचनमा हलेसी–तुवाचुङ नगरपालिका मेयरका लागि काँग्रेसतर्फ उम्मेदवार इबन राईले मनोनयन दर्ता गरेका छन् ।
खोटाङ क्षेत्र नम्बर १ काँग्रेस सभापतिसमेत रहेका राईसँगै उपमेयरका लागि बिमला राई र नगरपालिकाका ११ वडाकै काँग्रेसतर्फ उम्मेदवारले मनोनयन दर्ता गरेका छन् । मनोनयन दर्तापछि ४ हजार काँग्रेस कार्यकर्ताले निकालेको खुसियाली जुलुस कोणसभामा परिणत भएको छ ।
साबिक दुर्छिम गाउँ विकास समिति कार्यालयमा भएको कोणसभामा मेयर र उपमेयरका उम्मेदवार इबन राई, उपमेयर बिमला राईलगायत उम्मेदवारले सम्बोधन गरेका थिए ।