काठमाडौं । गायक भीषण मुकारुङको ‘चन्द्रमुखी’ गीतिएल्बममा समावेश ‘कोही उदास’ गीतको म्युजिक भिडियो हालै सार्वजनिक भएको छ । गायक मुकारुङले आफ्नो जन्म दिन पारेर म्युजिक भिडियो सार्वजनिक गरेका हुन् ।
युवा संघर्ष र उनीहरुको पीडा समेटिएको गीत गीतकार शुभ मुकारुङले लेखेका हुन् । संगीतकार बलराम समालले संगीत गरेका छन् ।
विज्ञान राईद्वारा निर्देशित म्युजिक भिडियोमा योगेन्द्र राई, करण धिताल, पल्पसा डंगोलले अभिनय गरेका छन् । म्युजिक भिडियो विज्ञान र योगेन्द्रले निर्माण गरेका हुन् ।