काठमाडौं । तेस्रो आँखा डटकम संस्थापक कार्यकारी सम्पादक इबन राईले राजीनामा दिएका छन् ।
हलेसी–तुवाचुङ नगरपालिका मेयरमा निर्वाचित हुनासाथ कार्यकारी सम्पादक राईले राजीनामा दिए पनि तेस्रो आँखा डटकम सञ्चालक समितिको भदौ १० गते काठमाडौंमा बसेको बैठकले राजीनामा स्वीकृत गरेको हो ।
कार्यकारी सम्पादक राईले तेस्रो आँखा डटकमलाई यहाँसम्म ल्याउन पुर्याएको महत्वपूर्ण योगदानको उच्च मूल्यांकन गर्दै बैठकले विशेष धन्दवाद ज्ञापन गरेको छ । खोटाङ क्षेत्र नम्बर १ काँग्रेस सभापतिसमेत रहेका राईको राजनीतिक यात्रा सुखद रहोस्, तेस्रो आँखा डटकम परिवारको हार्दिक शुभकामना ।