काठमाडौं । नेपाल आइडलबाट सागर आले बाहिरिएका छन् ।
बुद्ध लामा, निशान भट्टराई र प्रताप दासभन्दा दर्शकका भोट कम पाएकाले आले बाहिरिएका हुन् ।
नेपाल आइडलमा अब टप थ्री लामा, भट्टराई र दास बाँकी छन् । नेपाल आइडलमा प्रथम हुनेले २० लाख नगद, फस्र्ट रनरअपले १५ लाख र सेकेन्ड रनरअपले १० लाख नगद पाउनेछन् ।
नेपाल आइडलको ग्रान्ड फिनाले असोज ५ गते कतारको दोहो हुने भएको छ ।
बुद्ध लामा
एसएमएस– ६ लाख ९१ हजार ५७ ।
अनलाइन भोटिङ– ४ लाख ५४ हजार ४८१ ।
प्रताप दास
एसएमएस– ७ लाख १४ हजार ९९९ ।
अनलाइन भोटिङ– १ लाख ७८ हजार ३४८ ।
निशान भट्टराई
एसएमएस– ५ लाख ३३१ ।
अनलाइन भोटिङ– ३ लाख ७१ हजार १४९।
सागर आले
एसएमएस– ४ लाख १९ हजार ८७५ ।
अनलाइन भोटिङ– ३ लाख ९० हजार ४० ।