बालसंसार सेकेन्डरी स्कुल प्राङ्गणबाट भूउपग्रह उडाइने


काठमाडौं । नेपाल वैज्ञानिक क्रियाकलाप तथा अनुसन्धान केन्द्र (नेसार) अध्यक्ष कृष्णराज आचार्यले आउँदो वर्ष विज्ञान दिवसको अवसरमा बालसंसार सेकेन्डरी स्कुल प्राङ्गणबाट भूउपग्रह बनाएर उडाउने प्रतिबद्धता व्यक्त गरेका छन् ।

बालसंसार सेकेन्डरी स्कुल गोकर्णेश्वर–१४ माकलबारी काठमाडौंको सहयोग र विज्ञान शिक्षक समाज (स्टान) द्वारा आयोजित राष्ट्रव्यापी हाजिरजवाफ प्रतियोगितालाई सम्बोधन गर्दै नेसार अध्यक्ष आचार्यले यस्तो प्रतिबद्धता व्यक्त गरेका हुन् ।

बालसंसार सेकेन्डरी स्कुल प्रिन्सिपल तेजबहादुर राईले यस्ता क्रियाकलाप सम्बन्धित विद्यार्थीको प्रतिभा प्रस्फुटन गर्न सघाउ पुग्ने दाबी गरे ।

हाजिरीजवाफ प्रतियोगितामा दिव्यज्ञान स्कुल डल्लु काठमाडौं प्रथम भएको छ । पाँचौं राष्ट्रिय विज्ञान दिवसको अवसरमा आयोजित हाजिरीजवाफ प्रतियोगितामा नवज्योति बोर्डिङ स्कुल कोटेश्वर, काठमाडौं दोस्रो र आदर्श माध्यमिक विद्यालय भद्रबास काठमाडौं तेस्रो भएको थियो ।

विज्ञान मन्त्रालयले विज्ञान दिवसको अवसरमा आगामी असोज १ गते विजेता विद्यालयलाई पुरस्कृत गर्ने भएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार