हुम्ला । नेपाल खाद्य संस्थान सिमिकोटबाट चामल नपाएपछि स्थानीय उपभोक्ताले बजारबाट ४ हजार ५०० पर्ने २५ किलोग्राम प्याकेटका चामल किन्न बाध्य भएका छन् ।
हिन्दु धर्मावलम्बीको महान् चाड दसैंमा समेत संस्थानबाट चामल नपाएका स्थानीयले महँगोमा चामल किनी दसैं मनाउन लागिपरेका छन् । उनीहरूले चामलमात्रै होइन मासुका लागि प्रतिच्याङ्ग्रा १० हजारदेखि २२ हजारसम्म किनेर दसैं मनाउने भएका छन् ।
गत वर्षभन्दा यस वर्षको दसैं अत्यन्त महँगो भएको स्थानीयले दुःखेसो पोखेका थिए ।