लोकेन्द्र बन्जारा
गजल
उभिएकी छौ कि भनी हेर्छु तिम्रो घरको कौसी
छैनौँ था’छ तर पनि हेर्छु तिम्रो घरको कौसी
माया छुट्यो थुप्रैअघि मचाहिँ तर आजसम्म
एउटा उदास प्रेमी बनी हेर्छु तिम्रो घरको कौसी
दिनभरि त यसै बित्छ त्यसै तर रातमा चाहिँ
कहिलेकाहीँ उठेर नि हेर्छु तिम्रो घरको कौसी
गर्मी जाडो जेसुकै होस् स्वेटर बुनिरन्थ्यौ अस्ति
त्यो याद आउँछ अझै अनि हेर्छु तिम्रो घरको कौसी