काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले माओवादी केन्द्र अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई फकाउन छाडेका छैनन् ।
प्रधानमन्त्री देउवाले प्रचण्डलाई प्रधानमन्त्री बन्न आग्रह गर्दै माओवादी केन्द्र–काँग्रेसबीचको सहकार्य दीर्घकालीन बनाउन आग्रह गरेका थिए । तर, प्रचण्डले मानेका होइनन् ।
आसन्न प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनलाई दृष्टिगत गर्दै एमाले, माओवादी केन्द्र र नयाँ शक्ति पार्टीबीच पार्टी निर्वाचनका तालमेल गर्ने निश्चित भएपछि देउवाले प्रचण्डलाई ललाइफकाइ गरेका हुन् ।
वाम एकतापछिको विकसित राजनीतिक परिदृश्य पेस गर्दै कुल गुरुङले कार्टुन बनाएका हुन् ।