छटपटी भएपछि नायिका सुरविनाले यसो गर्न भ्याइन्

काठमाडौँ । देव कोइमी र अन्जली राईको ‘सायद यही होला माया’ शीर्षाकृत पपगीत सार्वजनिक भएको छ । हालै सार्वजनिक गीतले मायाप्रेममा फसेका युवकयुवतीको सुरुवातको अवस्था चित्रण गरेको छ ।

गीतको म्युजिक भिडियोमा मोडल सुरविना कार्की र सन्तोष सेढाईंले अभिनय गरेका छन् । कार्की चलचित्र ‘लुकामारी’ कि नायिका हुन् भने गायक कोइमीले चलचित्र ‘मन्दिरामा’ को गीतमा स्वर दिएका थिए ।

भट्ट एन्ड सन्स प्रोडक्सनद्वारा निर्मित म्युजिक भिडियो जितेन्द्र राजोपाध्यायले निर्देशन र सम्पादन गरेका हुन् । गायक कोइमीको संगीत रहेको सो म्युजिक भिडियाको सिनेमाटोग्राफरको भूमिका उज्ज्वनकुमार भारतीले निर्वाह गरेका छन् ।

हेर्नुहोस भिडियो

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार