सुरजनीको सफलता, एकपछि अर्को चलचित्रमा व्यस्त


काठमाडौं । केही समयअघिसम्म उनलाई म्युजिक भिडियोमा अभिनय गरेको देखिन्थ्यो । त्यस अर्थमा उनको परिचय मोडल थियो ।
हिजोआज उनको परिचय फराकिलो बन्दै गएको छ ।

 

मोडलबाट उनी नायिकाको भूमिकामा देखिन थालेकी छन् । केही समयअघि उनी अभिनीत ‘सुन्तलीलाई भगाइ लग्यो झिल्केले’ नामक चलचित्र सार्वजनिक भएको थियो । सो चलचित्रमा नायिका केसीको अभिनय लोभलाग्दो थियो । लोभलाग्दो अभिनयको प्रशंसा भएको थियो ।

उनै नायिका अर्थात् सुरजनी केसीले एकताका टेलिभिजन कार्यक्रम प्रस्तोता रूपमा चर्चा कमाएकी थिइनन् । चर्चा कमाउनेक्रम रोकिएको छैन । नायिका केसीले एकपछि अर्काे चलचित्र अभिनयमा व्यस्त हुन थालेकी छन् । उनी चलचित्र ‘पसिना’ को मुख्य नायिकाको भूमिकामा अनुहारिने भएकी छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार