नाम लक्ष्मी । थर आचार्य । उमेर २३ । घर टीकापुर कैलाली । बीबीए तेस्रो वर्षमा अध्ययनरत । सानैदेखि गीत गाउन भनेपछि मरिहत्ते ।
व्यावसायिक रूपमा गीत गाउन थालेको पाँच वर्ष पूरा । पाँच वर्षमा २४ बढी गीत रेकर्ड । गायनसँगसँगै मोडलिङ । ६ भन्दा बढी म्युजिक भिडियमा अभिनय ।
गायनमा भविष्य खोज्दै । गायनबाटै देशविदेशको भ्रमण । अविवाहित उनको समाजसेवा गर्ने त्यत्तिकै रहर ।