काठमाडौं । पोल्यान्डले ५० जना नेपाली कामदार मागेको छ । उसले AGENCJA PRACY WORKSOL MICHAL SOLECKI कम्पनीका लागि प्याकिङ र वेल्डरका लागि ५० नेपाली कामदार मागेको हो ।
काठमाडौंको शान्तिनगरमा रहेको अल अरेबिया ओभरसिज प्रालिद्वारा आह्वान गरेको विज्ञापनमा भनिएको छ, ‘७२ हजार १५४ मासिक तलब पाउनेगरी ३० जना प्याकिङ र ९६ हजार २०५ मासिक तलब पाउनेगरी २० जना वेल्डर चाहिएकाले इच्छुकले तुरुन्त कार्यालयमा सम्पर्क गर्नुहोला ।
इच्छुकले अल अरेबिया ओभरसिज प्रालिको ४६२००६७/४४२००६२ मा सम्पर्क गरेर बुझेरमात्रै पोल्यान्ड जाने प्रक्रिया अघि बढाउनुहुन तेस्रो आँखा डटकमको अनुरोध छ ।