बुधबार साँझ गएको सो हिमपहिरोमा परी दुई बालबालिकासहित २५ भन्दाबढी बेपक्ता भएका थिए । हिमपहिरो गएको घन्टौ पछाडि ती व्यक्तिहरुलाई उद्धार गरिएको थियो । बुधबार नै इटालीको पर्वतीय क्षेत्रमा तीन पटकसम्म भूकम्प गएको थियो । स्थानीय समयानुसार बुधबार बिहान १०ः२५ मा गएको भूकम्प ५.३ म्याग्निच्युडको भएको र ५० मिनेट पछाडि ५.७ म्याग्निच्युड र त्यसपछि तेस्रो भने ५.५ म्याग्निच्युडको भूकम्प गएको थियो ।
सोही भूकम्पका कारण विशाल हिम पहिरोबाट त्यहाँका अन्य धेरै संरचनासमेत नष्ट भएको स्थानीय अधिकारीहरूले बताएका थिए ।
इटालीमा तीन पटकसम्म गएको भूकम्प पश्चात् सानातिना धक्का बारम्बार गइरहहेको थियो । सो होटेल इटालीको समुद्रतटवर्ती नगर पेस्काराबाट ४५ किलोमिटर टाढा रहेको ग्य्रान्ड सास्सो राष्ट्रिय निकुन्जभित्र र समुद्र सतहदेखि एक हजार दुई सय मिटर (तीन हजार नौसय चालीस फिट)को उचाइमा पर्छ ।