पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यसहित मानेभन्ज्याङ गाउँपालिका–३ उँबुमा चिन्डोको मूर्ति निर्माणाधीन छ । धार्मिक, साँस्कृतिक कार्यमा प्रयोग गरिने किराती सांस्कृतिक प्रतीक चिन्डो ३९ फिट उचाइको रहनेछ ।
ओखलढुंगा सदरमुकामदेखि २१ किलोमिटर दक्षिणमा रहेको यो स्तम्भ वाम्बुले राई समाज, नेपाल (वाम्रास) को पहलमा निर्माण थालिएको हो ।
(सबै तस्बिर : जीवन हाताचो राई)