काठमाडौँ । काठमाडौँ क्षेत्र नम्बर ४ बाट काँग्रेसका नेता गगनकुमार थापा विजयी भएका छन् ।
पूर्वस्वास्थ्यमन्त्री थापाले एमालेका पूर्वसांसद डा. राजन भट्टराईलाई ३ हजार ४१८ मतान्तरले पछाडि पार्दै विजयी भएका हुन् ।
काठमाडौँ क्षेत्र नम्बर ४ का सहायक निर्वाचन अधिकृत डम्बरप्रसाद काफ्लेका अनुसार थापाले २१,५५८ र डा. भट्टराईले १८,१४० र विवेकशील साझा पार्टीकी सुबुना बस्नेतले ३,०४० मत प्राप्त गरेकी हुन् ।