सिन्धुपाल्चोक । पञ्चायतकालका हस्ती मन्त्री पशुपतिशमशेर जबरालाई फराकिलो मतसहित पूर्वसांसद शेरबहादुर तामाङ विजयी भएका छन् ।
सिन्धुपाल्चोक क्षेत्र नम्बर २ बाट विजयी तामाङले ३८ हजार ४०१ मत प्राप्त गरी विजयी भएका हुन् । उनका निकटतम प्रतिद्वन्द्वी राप्रपा प्रजातान्त्रिकका पशुपतिशम्शेर जबराले ३० हजार ३६९ मत ल्याएका थिए ।