नुवाकोट । बेलकोटगढी नगरपालिका–६ अर्चलेकी कुन्तुमाया तामाङले ८५ वर्षका उमेरमा नागरिकता बनाएकी छन् ।
संवत् १९८९ भदौ ६ गते जन्मेकी तामाङले जिल्ला प्रशासन कार्यालय नुवाकोटबाट गत बिहीबार वंशजका आधारमा नेपाली नागरिकताको प्रमाणपत्र लिएको प्रजिअ वीरेन्द्र यादवले जानकारी दिए ।
उनको नागरिकता प्रमाणपत्र नम्बर २५०१७४/०६१२६ रहेको छ । सानै उमेरमा विवाह गरी घरमा बस्दै आएकी तामाङका श्रीमान् र एकमात्र छोराको समेत मृत्यु भइसकेकाले कागजात जुटाउन नसक्दा नागरिकता पाएकी थिइनन् ।
तामाङ समुदायको बाहुल्य रहेको उक्त वडाका अर्चले, डडुवालगायत बस्तीमा सचेतना अभावले महिला नागरिकता लिन वञ्चित छन् ।