रिया तमुस्यो
नयनमा हरेक पल सजायो उसैले
म रुँदा परेली रुझायो उसैले
यसैमा फरक रैछ प्रेमी र श्रीमान्
सधैं पाठ नौलो पढायो उसैले
उडौं खै कसोरी ? चरी झैं स्वतन्त्र
पखेटा स्वयंमा टँसायो उसैले
म सक्दिन छोड्नै न आफ्नो बनाएँ
यो कस्तो नशा जुन पिलायो उसैले
म सोच्दैथें मनमा कहाँ बस्छ माया
छुटाएर धड्कन भगायो उसैले