एमाले अध्यक्ष ओली दुई/चार दिन घरबाहिर ननिस्कने


काठमाडौँ । एमाले अध्यक्ष केपी शर्मा ओली केही दिन सार्वजनिक कार्यक्रममा नगई ओलीनिवास बालकोटमै आराम गर्ने भएका छन् ।

प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनमा वाम गठबन्धनलाई विजयी गराउन र निर्वाचनपछि बधाइ दिन र लिन गरिएको कार्यक्रमको व्यस्तताका कारण धपेडी भएपछि अध्यक्ष ओली बाहिरी कार्यक्रममा नगई आफ्नै निवासमा आराम गर्ने भएका हुन् ।

ओलीका स्वकीय सचिव अनिश दाहालका अनुसार अध्यक्ष ओलीको स्वास्थ्यमा अन्य प्रतिकूल अवस्था नरहेकाले निवासबाटै सामान्य राजनीतिक भेटघाट र सम्पर्क भने हुनेछ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार