राष्ट्रियसभा निर्वाचन माघ २५ मा गराउन प्रधानमन्त्री देउवा राजी


काठमाडौँ । बहुप्रतीक्षित राष्ट्रियसभा निर्वाचन आगामी माघ २५ गते हुने भएको छ ।

प्रधानमन्त्री शेरबहादुर देउवा र प्रमुख निर्वाचन आयुक्त डा. अयोधीप्रसाद यादवबीच मंगलवार साँझ प्रधानमन्त्रीनिवास बालुवाटारमा भएको भेटमा राष्ट्रियसभा निर्वाचन मिति तोक्नेबारे छलफल भएको प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले जनाएको छ ।

प्रमुख निर्वाचन आयुक्त यादवले राष्ट्रियसभा निर्वाचन आगामी माघ २५ गते गर्नेगरी मिति घोषणा गर्न उपयुक्त हुने सुझाएको प्रधानमन्त्रीका निजी सचिव बद्रीप्रसाद तिवारीले जानकारी दिए।

भेटघाटमा प्रधानमन्त्री देउवाले निर्वाचन आयोगकै परामर्शबमोजिम माघ २५ गते निर्वाचन हुनेगरी मिति तोकिने जानकारी गराएको प्रधानमन्त्री कार्यालयले जनाएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार