फुकेट (थाइल्यान्ड) । किरात राई यायोक्खा शाखा थाइल्यान्डमा यादवकुमार राई निर्वाचित भएका छन् ।
हलेसी–तुवाचुङ नगरपालिका–५ दुर्छिम खोटाङनिवासी अध्यक्ष राईसहित १३ जना निर्वाचित भएका हुन् । नवनिर्वाचित राई थाइल्यान्डको फुकेटमा लामो समयदेखि व्यवसाय गर्दै आएका छन् ।
शाखा उपाध्यक्षद्वयमा जीवन राई र संवाद राई निर्वाचित भएका छन् भने महासचिवमा सुविन्द्रकुमार राई रहेका छन् । महासचिव राई हलेसी–तुवाचुङ नगरपालिका–५ दुर्छिम खोटाङनिवासी हुन् ।
यसैगरी, सचिवमा तारानाथ राई, कोषाध्यक्षमा अमला राई र सहकोषाध्यक्षमा ईश्वरी राई चयन भएका छन् । सदस्यमा प्रकाशचन्द्र राई, सुशीला राई, रुक्थाराम राई, वासना राई, कनकवान राई र पुणा राई निर्वाचित भएका हुन् ।