रिंकु राई/काठमाडौं
काठमाडौं । चैतको दोस्रो साता सकिँदा असिनासहित मुलुकभरि भारी वर्षा भएको छ ।
असिनापानी परेपछि किसान खुसी भएका छन् ।
असिनापानी परेपछि काठमाडौं उपत्यकावासी असिना संकलन गर्न रौसिएका देखिन्छन् । आगोले पोलेको ठाउँमा असिना लगाउँदा निको हुने विश्वास गरिन्छ ।
अपराह्न ६ नबज्दै भारी वर्षा भएपछि गन्यव्यमा पुग्नुपर्ने यात्रु अलपत्र परेका छन् ।