तेस्रो आँखा संवाददाता
काठमाडौं । बहुदलीय प्रजातन्त्र आगमनपछि पाँचपटक प्रधानमन्त्री भएका गिरिजाप्रसाद कोइरालाले लगाउने गरेको टोपीको आकार (साइज) तपाईंलाई थाहा छ ? अनि विभिन्न समयमा प्रधानमन्त्री बनेका सूर्यबहादुर थापा, कृष्णप्रसाद भट्टराई, लोकेन्द्रबहादुर चन्द र शेरबहादुर देउवाको नि ?
टोपी प्रयोग गर्नेलाई आफूले लगाउँदै आएको टोपीको साइज त थाहा छैन भने तपाईंलाई कसरी थाहा हुनु । टोपी विक्रेताका अनुसार :
शेरबहादुर देउवा –२२ इन्च
लोकेन्द्रबहादुर चन्द – सवा २३ इन्च
डा. प्रकाशचन्द्र लोहनी – सवा २३ इन्च
बालाराम घर्तीमगर –सवा २३ इन्च
अर्जुननरसिंह केसी – पौने २४ इन्च
प्रकाशशरण महत – सवा २३ इन्च
केसी र महतलाई आफूले लगाउँदै आएको टोपीको साइज थाहा छैन ।
गोविन्दराज जोशी – २३ इन्च
स्व. सूर्यबहादुर थापा – पौने २४ इन्च
स्व. धीरेन्द्र शाह – २४ इन्च
स्व. दीपेन्द्र वीरविक्रम शाह – पौने २३ इन्च
स्व. मरिचमानसिं श्रेष्ठ –२१ इन्च