काठमाडौं । गायिका रमिता भण्डारीको तेस्रो गीतिएल्बम ‘सानी नानी’ हालै सार्वजनिक भएको छ ।
मोडलसमेत रहेकी भण्डारीको सार्वजनिक गीतिएल्बम सानी नानीका केही गीतको म्युजिक भिडियो पहिल्यै सार्वजनिक भएका हुन् । गीतिएल्बममा ६ गीत संग्रहित छन् ।
गायन, अभिनय तथा इभेन्टमा सक्रिय उनको गीतिएल्बममा सानी नानी, के यो माया हो, छल्कियो जवानी, जूनेली रात, तिमी को, तिमी निष्ठुरी गीतहरू समेटिएका छन् ।
बहुप्रतिभाकी धनी उनले तीन विधालाई सँगसँगै अघि बढाएकी छन् । कोरियोग्राफरका ररूपमा समेत परिचित उनको यसअघि दुई सोलो गीतिएल्बम सार्वजनिक भइसकेको छ।