जो दिल खोलेर हाँस्छ, ऊ धेरै बाँच्छ भन्ने गरिन्छ । दिल खोलेर हाँस्नु भनेको औषधि नै हो भनिन्छ । हाँसोको महत्व धेरैलाई थाहा भए पनि हाँस्न कन्जुस गर्नेको बाहुल्य छ ।
सुविधासम्पन्न देशमा हाँस्य क्लब खोलिएका छन् । हाँस्य क्लब खोल्नु भनेको हाँसोको महत्व दर्शाउनु हो । त्यसमा कसैको विमति नरहला । भनिन्छ, ‘कुराकानी गर्दाभन्दा हाँस्दा ६ गुना बढी अक्सिजन लिन सकिन्छ ।’
तनावमा रहेकालाई हाँसिरहने सल्लाह दिनुको अन्तर्य पनि त्यही हुनुपर्छ । । हाँस्दा शरीरमा रक्तप्रवाह तीव्र हुने बताइन्छ । हाँस्दा क्रोध उत्पन्न हुँदैन । हाँस्दा आत्मसन्तुष्टि मिल्छ । शरीरमा स्फूर्ति बढ्छ । हाँस्दा उत्साह सञ्चार हुन्छ ।
‘हाँस्दा ब्लडप्रेसर कम हुन्छ,’ भनिन्छ, ‘हाँसोले मांसपेशीमा चाउरीपन कम गर्छ । हाँसोले पीडा हल्का हुन्छ । हाँस्नेहरूको शरीरमात्रै होइन, मस्तिष्कको समेत ‘एक्सरसाइज’ हुन्छ ।
उल्लिखित महत्व थाहा पाएकी दीप हर्ट सधैं हाँसिरहन्छिन् । जापाननिवासी उनको हाँसो त्यत्तिकै लोभलाग्दो छ । हाँसोबारे जानकार उनी त्यत्तिकै खुसी र सुखी छन् । त्यो हाँसोको उपलब्धि हो ।