मोरङ । बेतना सिमसार क्षेत्र पर्यटकीय स्थल बन्दै गएको छ ।
मोरङको बेलबारीमा रहेको बेतना सिमसार क्षेत्रमा आठ प्रजातिका ३ सय कछुवा पाइन्छन् ।
जीव र पक्षीको अध्ययन केन्द्र मानिएको बेतनासम्म दैनिक ५ सयभन्दा बढी आन्तरिक तथा बाह्य पर्यटक पुग्ने गर्छन् । यहाँ विभिन्न प्रजातिका चराचुरुंगीसमेत पाइन्छन् ।
बोटिङका लागि त्यत्तिकै आकर्षक बेतना वनभोजका लागि रोज्जा ठाउँ मानिन्छन् । पूर्वको आकर्षक गन्तव्य बन्दै गएको बेतनालाई विभिन्न चित्रकारले कलामा उतारेका हुन् ।