बेलायत । बेलायतका राजकुमार चाल्र्स तथा दिवंगत राजकुमारी डायनाको विवाहमा प्रयोग भएको एक टुक्रा केकको मूल्य १ हजार ३ सय ७५ डलरमा लिलामी भएको छ ।
पुरानो मानिएको त्यो केकको टुक्रा बाकसमा सुरक्षित राखिएको थियो । एक निजी संग्रहकर्ताले अनलाइनमार्फत केकको टुक्रालाई यति धेरै मूल्य तिरेका थिए ।
यसअघि रानी भिक्टोरियाको विवाहको केकको टुक्रा पनि उनै संग्रहकर्ताले खरिद गरेका थिए । खरिदकर्ताको नाम भने खुलाइएको छैन ।