काठमाडौं । तेस्रो आँखा डटकम संस्थापक सहसम्पादक राजु राईलाई बिदाइ गरिएको छ । तेस्रो आँखा डटकम सञ्चालक समितिको मंसिर ९ गते काठमाडौंमा बसेको बैठकले राईलाई बिदाइ गरेको हो ।
संस्थापक सहसम्पादक राईले तेस्रो आँखा डटकमलाई यहाँसम्म ल्याइपुर्याउन निर्वाह गरेको महत्वपूर्ण योगदानको उच्च मूल्यांकन गर्दै बैठकले विशेष धन्दवाद ज्ञापन गरेको छ ।
वैदेशिक रोजगारीक्रममा कोरियामा रहेका उनले विभिन्न विधामा कलम चलाउँछन् । समसामयिक विषयमा उनले लेखेका लेख–रचना विभिन्न अनलाइन म्यागेजिनमा पढ्न पाइन्छ ।