राजेश खतिवडा
गजल
रित्तो भो गाउँ, रित्तिँदै छ डोल्पा, डडेलधुरा
कति बेच्छौ नौजवानका तिघ्रा र पाखुरा ?
रमाउँदै छन् झिँगाहरू फोहोरमाथि अझै,
कसले होला फर्काउने ती मौरी र माकुरा ।
सिंगापुर बनाउने फुइँ लाए हिजोसम्म
उस्तै छ देश, उस्तै नै छ बझाङ र बाजुरा
हामी बस्ने नगरभित्र यो कस्तो दुर्दशा
बाह्रैमास धूलो उड्ने बाटा छन् साँघुरा
बलात्कारी भन्दै जसलाई समायो पुलिसले
उसले चोरीमात्रै गथ्र्याे गाउँका कुखुरा
रावणसँग मीत लाउँछन् रामले नयाँ युगमा
लक्ष्मणबाटै सीतामाथि प्रहार हुन्छ छुरा