काठमाडौँ । सर्वोच्च अदालतले दीपक मनाङ्गे भनिने राजीव गुरुङलाई थुनामुक्त गर्न आदेश दिएको छ ।
न्यायाधीशहरू शारदाप्रसाद घिमिरे र बमकुमार श्रेष्ठको संयुक्त इजलासले गुरुङलाई थुनामुक्त गर्न आदेश दिएको हो ।
आदेशसँगै गुरुङ डिल्लीबजार कारागारबाट थुनामुक्त भएका हुन् ।
मनाङ्गेको समूहले अर्का गुण्डा नाइके चक्रे मिलनमाथि तरबार प्रहार गरी हात छिनाएको थियो ।
उनी मनाङबाट प्रदेशसभा सदस्य निर्वाचित भएका थिए । अदालतबाट दोषी ठहर व्यक्ति प्रदेशसभा सदस्य बन्न नसक्ने कानुनी व्यवस्था रहेकाले उनले प्रदेशसभा सदस्यको सपथ लिएन पाएका छैनन् ।