दिपेशको दमदार दृश्य


काठमाडौं । गायक दिपेश राई अभिनीत ‘कल्पनामा आयो अनि बस्यौ यथार्थ’ मा शीर्षाकृत म्युजिक भिडियो सार्वजनिक भएको छ ।

संगीतकार तथा मोडलका रूपमा समेत परिचय बनाएका गायक राई अभिनीत दोस्रो म्युजिक भिडियो हो । सो म्युजिक भिडियोमा राई र प्रिया लिम्बूको लोभलाग्दो अभिनय रहेको छ ।

हालै सार्वजनिक म्युजिक भिडियोको गीतमा चर्चित गायिका मेलिना राई र नेत्र राईको आवाज रहेको छ । दिपेश राईद्वारा संगीतबद्ध गीत जानु काम्बाङ लिम्बूले लेखका हुन् । देवेश राईको संगीत संयोजन रहेको म्युजिक भिडियो देव पुनले निर्देशन गरेका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार