टिवन राई
हलेसी (खोटाङ) । भुटानी राजा जिग्मेसिङ्घे वाङ्चुककी जेठी रानी आसी दोर्जे वाङ्मो वाङ्चुकले हलेसीमा विशेष पूजाआजा गरेकी छन् ।
लुम्बिनी भ्रमण पूरा गरी गत सोमबार हलेसी आइपुगेकी रानीले मंगलबार पूजाआजापछि हलेसी गुफा, पार्वतीथान, बसाहा गुफालगायत अवलोकन गरेकी थिइन् ।
महारानी आसीसहित राजकुमारी सोनम डक्चन वाङ्चुक, राजकुमारीका छोरा जिग्मे सिङ्घे वाङ्चुक, नवाङ जिग्मे वाङ्चुकलगायत २३ सदस्यीय राजपरिवारले हलेसी दर्शन गरेका हुन् ।