ढुंगाखानी खुल्दा गाउँठाउँमै रोजगारी

सुजन राई

दुर्छिम, (खोटाङ) । हलेसी तुवाचुङ नगरपालिका–५ दुर्छिमको रातमाटे सिरानमा ढुंगाखानी सञ्चालनमा आएको छ । वातावरणीय क्षति दृष्टिगत गर्दै सञ्चालनमा आएको ढुंगाखानी दुर्छिमकै वैधानिक भएको ढुंगाखानी सञ्चालक दिनेश राईले जानकारी गराए ।

कानुनी प्रक्रिया पूरा गरी सञ्चालित ढुंगाखानीमा उच्च गुणस्तरको ढुंगा, गिटी र प्लेट पाइन्छ । ‘सर्वसुलभ मूल्यमा ढुंगा, गिटी र प्लेट त पाइन्छ नै,’ सञ्चालक राईले भने, ‘यहाँ कार्यरत मजदुरको सुरक्षार्थ त्यत्तिकै सचेत छौं । तसर्थ, सेफ्टी हेल्मेट, पन्जालगायत आवश्यकीय औजारसमेत उपलब्ध गराएका छौं ।’

ढुंगाखानी सञ्चालनमा आएपछि सेवाग्राहीमात्रै होइन, २० जनाले प्रत्यक्ष तथा अप्रत्यक्ष रोजजारी पाएका छन् । गाउँठाउँमै रोजगारी पाउँदा मजदुर पनि त्यत्तिकै खुसी देखिन्छन् ।

‘ढुंगाखानीलाई अझै परिष्कृत गर्नु छ,’ उनको भनाइ थियो, ‘उत्पादन क्षमता बढाउन स्टोन ब्रेकर र ढुवानीका लागि आफ्नै निजी सवारीसाधन खरिद प्रक्रियामा छौं ।’ सञ्चालित ढुंगाखानीमा एक ट्र्याक्टर ढुंगाको दुई हजार पाँच सय र गिटीको ६ हजार पाँच सय मूल्य निर्धारण गरिएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार