यसरी लेख्न सकिन्छ थेसिस (पाठ–२)

थेसिस लेख्ने तरिका थाहा नहुँदा कतिपय विद्यार्थी अन्योलमा छन् । नियमित कक्षा नलिएकाले लेख्न तरिका थाहा नहुँदा उनीहरूले वर्षौंसम्म थेसिस पूरा गर्न सक्दैनन् । उनीहरूको समस्या बुझेर शिक्षाविद् डा. मनप्रसाद वाग्लेले थेसिस लेख्ने तरिका यसरी सुझाएका छन् ।

पाठ–२

हाउ टु राइट अ टपिक अफ रिसर्च ?

आज फेरि टपिककै बारेमा कुरा गरौं । यसअघि हामीले टपिक छान्नेबारे केही भनेका थियौं । सकभर आफ्नो रुचि र लगाव भएको टपिक छान्दा राम्रो भनेर । अर्काे एउटा उदाहरण लिउँ है । यदि तपाईं कम साक्षर वा कम शिक्षित मानिसका समूहबारे किन उनीहरू अरूको तुलनामा कमजोर भए भन्ने अनुसन्धानमा रुचि राख्नुहुन्छ भने तपाईंको टपिक के होला ?

एउटा यस्तो हुन सक्छ ‘मिनिङ या एजुकेसन टु त मार्जिनलाइज्ड ग्रुप : एन एथ्नोग्राफी अफ रुट इन नेपाल’ । यो उदाहरण यहाँ किन ल्याइएको हो भने टपिकमा के–के कुरा उल्लेख भए राम्रो होला भनेर हो । जस्तो यो टपिकले मार्जिनलाइज्ड ग्रुपको शिक्षामा एउटा इथ्नोग्राफी गर्छु भन्छ र त्यसको लोकेसन नेपाल देखाउँछ । अर्थात् मूल विषय मार्जिनलाइज्ड ग्रुपको शिक्षा र अनुसन्धान विधि इथ्नोग्राफी स्थान (नेपाल) र टपिकमा यसरी नै तीनवटा कुरा प्रस्ट पार्न सके अगाडिको बाटोमा अल्झिरहनुपर्दैन । यसैमा अरू विधि पनि लागू गर्न सकिन्छ ।

तपाईं केस स्टडी पनि गर्न सक्नुहुन्छ । यो क्वालिटिभ रिसर्च टाइटलको नमुना हो । क्वालिटिभ गर्नुपर्दा टपिकमा इन्डिपेन्डेन्ट भेरिएबल, डिपेन्डेन्ट भेरिएबल, मेथड र लोकेसन खुलाउँदा राम्रो । जस्तो फोकस इन्फ्लुएन्सिङ एजुकेसन अफ द मार्जिनलाइज्ड ग्रुप : सर्भ अफ रुट इन नेपाल’ । अब तपाईंहरूलाई एउटा हामेवर्क दिन्छु ।

प्लिल राइट थ्री रिसर्च क्वैसन अन दिस टपिक । अर्काे पाठमा हामी यसबारे छलफल गर्ने छौं ।

क्रमशः

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार