यसरी लेख्न सकिन्छ थेसिस (पाठ–३)

थेसिस लेख्ने तरिका थाहा नहुँदा कतिपय विद्यार्थी अन्योलमा छन् । नियमित कक्षा नलिएकाले लेख्न तरिका थाहा नहुँदा उनीहरूले वर्षौंसम्म थेसिस पूरा गर्न सक्दैनन् । उनीहरूको समस्या बुझेर शिक्षाविद् डा. मनप्रसाद वाग्लेले थेसिस लेख्ने तरिका यसरी सुझाएका छन् ।

रिसर्च क्वैसन

गएको छलफलमा हामीले टपिक कसरी लेख्ने भन्नेबारे केही कुरा गर्यौं। वास्तवमा टपिक भनेकै तपाईंको रिसर्च प्रब्लम हो । क्वालिटी रिसर्चका लागि भने बेग्लै रिसर्च क्वैसन बनाउनु जरुरी हुन्छ । किनभने क्वालिटी रिसर्चले समाजमा जे छ, त्यो नै सत्य मानेको हुन्छ भने क्वालिटी रिसर्चले मानिसका भावना, विचार, सोचाइ फरक–फरक हुने हुनाले सत्य एउटै हुन सक्दैन ।
फरक मान्छेका लागि सत्य पनि फरक हुन्छ भन्ने विश्वास गर्छ । वास्तवमा रिसर्च क्वैसन भनेको तपाईंले छान्नुभएको टपिकले कस्तो उत्तरको अपेक्षा गर्छ, त्यसले अहिले भइरहेको ज्ञानमा नयाँ कुरा के थप्न चाहन्छ भन्ने संकेत हो ।

त्यसैले, रिसर्च क्वैसन प्रस्ट, विशिष्ट र समस्यासँग प्रत्यक्ष गाँसिएको हुनु जरुरी छ । त्यसैले गएको टपिक मिनिङ या एजुकेसन टु द मार्जिनलाइज्ड ग्रुप : एन एथ्नोग्राफी या ‘रुट इन नेपाल’ मै क्वालिटी रिसर्चको यस्तो रिसर्च क्वैसन हुन सक्छ । तर, योभन्दा फरक हुनुहुँदैन भनेकोचाहिँ होइन है । यो एउटा उदाहरणमात्रै हो ।

–हाउ डु रुट पिपुल कन्सट्रक्ट द मिनिङ अफ एजुकेसन ।
–हाउ डु दे रिलेट द मिनिङ अफ एजुकेसन टु दियर कल्चरल कन्टेक्स्ट ।
–ह्वाट भ्यालु अफ एजुकेसन डु दे सी इन दियर डेली लाइफ ।

अब तपाईं पनि एउटा रिसर्च प्रब्लम विचार गर्नुस् । त्यसैमा एउटा टपिक बनाउनुस् । रिसर्च क्वैसन लेख्ने अभ्यास गर्नुस् । शंका लागे मलाई लेखिपठाउनुस् । फेरि छलफल गर्न सकिन्छ ।

क्रमशः

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार