गृहको चेतावनी– मर्यादित रूपमा होली मनाऔं


काठमाडौं । गृह मन्त्रालयले खुसियाली साटासाट गरी मनाइने होली (फागु) मर्यादित रूपमा मनाउन अनुरोध गरेको छ ।

चैत ६ र ७ गते मनाइने होलीका अवसरमा देश–विदेशमा रहने सबै नेपालीलाई शुभकामना दिँदै मन्त्रालयले एक सन्देश जारी गरी धार्मिक र सांस्कृतिक दृष्टिले मर्यादित र सभ्य भएर होली मनाउन आग्रह गरेको हो ।

मन्त्रालयले जारी गरेको विज्ञप्तिमा चाड मनाउने नाममा इच्छाविपरीत जबर्जस्ती, अमर्यादित, गैरकानुनी र उच्छृङ्खल किसिमका गतिविधि प्रचलित कानुनविपरीत हुने भएकाले यसतर्फ सचेत हुन आग्रह गरेको छ । ‘कानुनविपरीतका कार्य र असभ्य व्यवहार कोही कसैप्रति नगर्न र नगराउन गृह मन्त्रालय सबैमा हार्दिक अनुरोध गर्दछ,’ विज्ञप्तिमा भनिएको छ ।

विज्ञप्तिमा कोही कसैको इच्छा एवम् स्वीकृतिविना कानुनविपरीत कार्य गरेमा कारबाही गरिने उल्लेख छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार