यसरी बाँच्न सक्छन् मानिस २०० वर्ष

मदन राई

 

भौतिक वस्तु, चाहे त्यो शरीर होस् वा कुनै चलाउने भाँडो । त्यो कति खप्न सक्छ भन्ने कुरा जतनमा भर पर्ने रहेछ । म र मेरो हातमा भएको गिलास र प्लास्टिक बोतल १० सेकेन्डमै पनि मर्ने वा फुट्ने (रूपान्तरित) हुने रहेछ । तर, जतन गर्न सके सय वर्ष पनि बाँच्ने, खप्ने रहेछ । म ७० वर्षको भएँ । यो गिलास किनेको पनि २० वर्ष भएछ । तर, हामी दुवै क्रियाशील छौं । म ७० वर्षको उमेरमा १७ वर्षको जस्तो र २० वर्षे गिलास भर्खर बनाएकोजस्तो ।
जगत् घाम, पानी, आकाश, धर्ती, हावा (पञ्चतत्व), रूख, बुट्यान, भुइँबिरुवा, फुल्ने, नफुल्ने (पञ्चबिरुवा), मान्छे, पशु, पन्छी, कीरा, किटाणु (पञ्चप्राणी) र मानव शरीर ज्ञानिन्द्रिय पाँच र कर्मिन्द्रिय पाँच अंग र शरीर प्रणाली (सास, रगत, पाचन, मासु, हड्डी, छाला, नङ, केश, प्रजनन) आदिको अर्थ र सम्बन्ध बुझ्न सक्यो र सोहीअनुसार जीवन र शरीर परिचालन गर्न सके मानिसको शरीर (भाँडो) दुई सय वर्ष खप्न सक्छ । नत्र सय वर्ष त खप्छ नै । अपवादमा टुट्ने फुट्ने अर्कै कुरा हो । अपवाद प्रकृतिको नियम हो ।

जतन कसरी गर्ने त ?

शरीर पञ्चतत्व हो ।
शरीर घाम हो । किनकि शरीर तातो ३७ सेन्टिग्रेड हुन्छ । जुन घामको रूप हो । जिउमा ६ प्रतिशत तातो हुन्छ । शरीर पानी हो । शरीरको पानी भनेको रगत हो । जुन ७० प्रतिशत हुन्छ । शरीर आकाश हो । शरीरमा भएका स–साना प्वाल ६ प्रतिशत छन् । ती आकाशको रूप हुन् । शरीर धर्ती हो । यो १२ प्रतिशत छ । छाला, मासु र हड्डी शरीरको धर्तीको रूप हो । शरीर हावा हो । त्यसको प्रतिनिधि हामीले फेर्ने सास हो । यसले ६ प्रतिशत ओगटेको छ । यसरी हाम्रो शरीर एक सय प्रतिशत पञ्च तत्व हो ।
मान्छेको शरीर वनस्पतिमा बाँच्छ । वनस्पति हाम्रो आमाबुवा हो । सास (ग्यास) फेर्न अक्सिजन वनस्पतिले दिन्छ । निस्केको फोहोर कार्बनडाइअक्साइड वनस्पतिले लिएर तागत दिने गुलियो (कार्बाेहाइड्रेड) बनाइदिन्छ । रगत बन्ने पानी (तरल) वनस्पतिले सफा र आकर्षण गरेर मानिसलाई सहयोग गर्छ । पिएको पानी पिसाब र पसिना बन्छ । पिसाबलाई नेपालीमा मुत भनिन्छ । मुत वनस्पतिको दूध हो । वनस्पतिले मुत पिएर मानिसलाई धेरै कुरा बनाइदिन्छ । गाँस (ठोस) हाम्रो खानेकुरा हो । सबै खानेकुराको स्रोत वनस्पति हो । अन्न, तरकारी, फलफूल, मसला, पेयजन्य सबै वनस्पति हुन् ।
भात, दाल, तरकारी सबैभन्दा असल खानेकुरा हुन् । भातले तागत (कार्बाेहाइड्रेड), दालले मासु (प्रोटिन), तरकारीले शरीरको रक्षा (भिटामिन) हड्डी (मिनरल वा खनिज) प्रदान गर्छन् । भात, दाल, तरकारी गुहुमा रूपान्तरित हुन्छ । गुहु (सोलिड), कीरा किटाणुको खानामा र कीरा किटाणुको गुहु, मुत मलका रूपमा वनस्पतिको खानामा रूपान्तरित हुँदै फेरि भात, दाल, तरकारी बन्छ । जीवन जानेमा कस्तो गज्जब छ ।
सास, पानी र खानापछि मानिसलाई चाहिने लुगा हो । लुगा जिउलाई तातो बनाइराख्नका लागि आविष्कार गरिएको हो । पछि गएर नक्कल पार्न, गुप्तांग छोप्नलाई पनि भनियो । लुगा रेशाबाट बन्छ । रेशा वनस्पतिबाट मात्र प्राप्त हुन्छ । लुगा बन्ने मुख्य वनस्पति कपास हो ।
घर आधुनिक मानिसको अनिवार्य वस्तु हो । खासमा घर काठको स्वस्थ्यकर हुन्छ । काठ रूखको हुन्छ । रूख वनस्पति हो । घरपछि मानिसलाई चाहिने आगो बाल्ने इन्धन हो, जुन नेपालका अधिकांशले दाउरा बाल्छौं । दाउरा वनस्पति हो । पत्थर, कोइला, पेट्रोल र ग्यासको स्रोत पनि वनस्पति नै हो । बिरामीलाई उपचार गर्ने सबै ओखती बिरुवाबाटै बनाइन्छ । बन्छ । मक्किएपछि लुगा, घरको काठ अन्त्यमा बिरुवाको खाने मलै बन्छ । दाउराको खरानी मलै बन्छ । यसरी वनस्पति मानिस बचाउने मुख्य वस्तु हो । त्यसैले आमाबुवा वा सोभन्दा ठूलो कुरा वनस्पति हो ।

शरीरलाई जतन गरेर धेरै खप्ने

मज्जाले सास फेरौं । बिहानै उठेर काम गर्दै वा चाँडोचाँडो हिँडेर लामोलामो सासले ताजा हावा लिऔं । कार्यालयमा काम गर्नेले नियमित बिहान वा बेलुका कम्तीमा आधा घन्टा वनस्पतिको नजिक हिडौं । हातखुट्टा र जिउलाई चलाऊँ र रक्तसञ्चार बढाऔं । जिउ तताऔं ।
ड्ड नियमित पानी पिऊँ । प्रत्येक तीन घन्टामा ठूलोले दुई, सानोले एक गिलास पानी पिऔं । तीन–तीन घन्टामा पिसाब गरौं । पिसाबको रङ फिका पहेंलो होस् । पानीको शरीरलाई पानी कम हुन दिनुहुन्न । फोहोर पानी शरीरभित्र रहन दिनुहुन्न । पानीको काम मूलतः शरीर धुनु हो । भित्रको भाग र बहिरको शरीरको भाग पानीले धोएर सफा राख्नुपर्छ । जाडोमा तातो अरूबेला मनतातो पानी पिऔं । राति पनि पानी पिउनु राम्रो ।
ड्ड ताजा खाना खाऔं । ताजा भात, दाल, तरकारी, फलफूल खाऊँ । मासु, माछा, अन्डा भए खाऊँ तर धेरै नखाऔं । एकैचोटि धेरै होइन, दिनको चारदेखि छ चोटि खाऔं । खाएको कुरा निकाल्न सके प्रत्येक दिन हगौं । गुहु, मुतलाई पेटभित्र धेरै समय रहन दिनुहुन्न । हानि गर्छ ।
ड्ड न्यानो लुगा लगाऊँ । हाम्रो हावापानी चिसो तातो भइरहन्छ । शरीर तातो छ । त्यसैले चिसो भएको बेला न्यानो लुगा लगाएर शरीरलाई चिसोबाट बचाऔं । नेपालमा चिसोले ७० प्रतिशत बढी मानिस रोगी छौं ।
ड्ड काम गरौं । जिम्माको काम गर्नु नै मानवता हो । चाहे आफ्नो, चाहे अरूको तर काम भने गरौं । काम गर्दा अंग चलाउने काम गरौं । हात, खुट्टा, जिउ चलाएर काम गरौं । कार्यालयमा बसेर काम गर्नेले घन्टा–घन्टामा कसरत गरौं । अंग चलाउनु भनेको रक्तसञ्चार राम्रो गर्नु हो । रक्तसञ्चार नै निरोगी हुने मूल कुरा हो ।
ड्ड मज्जाले सुतौं । पाँच वर्षमुनि र ६० वर्षमाथिकाले कम्तीमा आठ घन्टा । अरूले कम्तीमा सात घन्टा सुतौं । प्रकृतिले १२ घन्टाको अँधेरो रात सुत्नलाई हो । सेक्सको उमेरकाले हप्ता–हप्तामा सेक्स पनि गरौं । सेक्स रक्तसञ्चारको ठूलो कारक हो । शरीर स्वस्थ राख्न रक्तसञ्चारमा भर पर्छ ।
ड्ड नियत ठीक राखौं । कसले के भन्छ भनेर चिन्ता नगरौं । अरूको धेर भो भनेर डाहा वा गुनासो नगरौं । सबैको भलो सोचौं । भलो गर्ने प्रयास गरौं । आफूले नियत ठीक राखेर सक्नेजति गरौं । नसकेको भरै, भोलि, पछि गर्दै जाऊँ । राम्रो भए पास नभए अभ्यास भन्ने कुरालाई पालना गरौं । मानव संसार नै सीमित समय र सीमित तत्वले बनेको छ । यो बुझौं र धेरै खोजेर दुःख नपाऔं । जीवन सुख–दुःख हो । जीवन अँधेरो उज्यालो हो । बराबरी हुन्छ भनी जानौं । सोहीअनुसार बाँचौं ।
सबैको जय होस् । सबै निरोगी हून् ।
जगत, जिउ र सामानको जतन गरौं ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार